खोटाङमा बस दुर्घटना हुदा ८ जना घाइते, तीन जनालाई काठमाडौं लगियो

  • प्रकाशित मितिः पुस १०, २०७९
  • 757 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १०–बुइपाबाट दिक्तेल आउ“दै गरेको बस माथिल्लो बुइपामा दुर्घटना हुदा आठ जना घाइते भएको छन् । प्रदेश १ –०५–००१ ख ००१७ नम्बरको बस पुस १० गते विहान १०ः४० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ बुइपाका २९ वर्षिय विरेन्द्र घिमिरे, उक्त ठाउ“कै २८ वर्षीया दिलकुमारी श्रेष्ठ, रावाबेसी गाउ“पालिका–२ खार्पाका २० वर्षीय कुशल सार्की दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा ७३ वर्षीय आइते सार्की, उक्त ठाउ“कै २७ वर्षीया सुस्मिता ढुङ्गाना र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीकी १६ वर्षीया रेणुका भुजेल घाइते भएका हुन् ।
यी मध्ये रेणुका भुजेल, विरेन्द्र घिमिरे र दिलकुमारी श्रेष्ठलाई हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । भुजेल गर्भवती रहेको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए । उनीहरुमध्ये घिमिरेको टिचिङमा र भुजेल र श्रेष्ठको चाबहिलको हल्पिङ हेल्प अस्पतालमा उपचार भइरहेको मुकारुङले बताए ।
उनीहरुको अवस्था जोखिम नभएको मुकारुङको भनाई छ । अन्यको दिक्तेल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पनि अवस्था समान्य नै रहेको डिएस्पी मुकारुङले बताए । चालक र सहचालक फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । के कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित