नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ९–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङ झिसेपुमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । पुस ९ गते दिउँसो आगलागी हुँदा मैया श्रेष्ठ, कर्ण श्रेष्ठ र कृष्ण श्रेष्ठको घर जलेर नष्ट भएको हो ।
मैया श्रेष्ठको घरमा विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । आगजनीमा लत्ताकपडा, भाडाकुडा, अन्न लगायत जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारूङले बताए । आगलागीपछि स्थानीय, प्रहरी र सेनाले संयुक्त रुपमा आगो नियन्त्रण गरेका हुन् ।
आगलागीमा मैया श्रेष्ठको २७ लाख ४५ हजार, कृष्ण श्रेष्ठको २८ लाख ८३ हजार पाच सय र कर्ण श्रेष्ठको २८ लाख २८ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित