सविना अछामे–
खोटाङ, पुस ७–केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारका अग्नि पीडितलाई राहत वितरण गरिएको छ । खोटाङ समाज हङ्कङले स्थापना गरेको प्राकृतिक प्रकोप सहयोग कोषबाट पुस ७ गते पीडितलाई राहत वितरण गरिएको हो ।
पुस ४ गते भएको आगलागी पीडित दिल गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, तारादेवी राई र हस्तकुमारी राईलाई १० हजार रुपैयाँका दरले राहत वितरण गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातीले बताए । केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राई र कोषका अध्यक्ष भोगेन्द्र राईले अग्नि पीडितलाई राहत वितरण गरेका हुन् ।
खोटाङ समाज हङकङको सक्रियतामा २०७२ सालमा आर्थिक संकलन गरी बनाइएको कोषले आगलागी, बाढी पहिरो, हावाहुरी, चट्याङ लगायतका प्राकृतिक विपदमा राहत उपलब्ध गराउँदै आएको छ ।
आगलागीबाट दीपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राई, अकबर राईको घर पूर्णरुपमा जलेर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजारको क्षति भएको छ । अग्नि पीडितलाई रेडक्रस, खोटाङ उधोग वाणिज्य संघ र खोटाङ उधोग वाणिज्य संघ शाखा कार्यालय बाक्सिलाले सहयोग गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित