दिनेश राई–
खोटाङ, पुस ७–सगरमाथा लोकमार्गमा पर्ने फोक्सिङको पुलमा पुस ७ गते यातायात संचालन गरिएको छ । उदयपुरको रौतामाई गाउ“पालिका–५ आ“पटार र खोटाङको खोटेहाङ गाउ“पालिका–९ लिच्कीराम्चे जोड्ने पुलमा यातायात सञ्चालन गरिएको हो ।
उक्त पुलको बेरिङकोट, एप्रोज रोड लगायतका कामै नसकी पुल सञ्चालनमा आएको हो । २२ करोड ६७ लाख ११ हजार रुपैयाको लागतमा गौरी पार्वती वाईपी जेभीले २०७५ चैतमा सक्ने गरी ठेक्का लिएको थियो । तर ढिलासुस्तीका कारण अझै पुलको काम सकिएको छैन् । पुल सेक्टर नम्बर १ धरानका योजना प्रमुख प्रदीप भण्डारीले भने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । उक्त पुल निर्माणमा सम्बद्ध कम्पनीले पनि एक महिनाभित्रमा काम सक्ने जानकारी गराएको भण्डारीले सुनाए ।
यातायात सञ्चालनको बारेमा प्रश्न गर्दा पब्लिकको प्रेसर भएर सञ्चालन भएको हुन सक्ने भण्डारीले सुझाए । उक्त कामको ठेक्का २०६९ चैत्र २३ गते ठेक्का लागेको थियो । पुलबाट यातायात सञ्चालनपछि जिल्लामा उपभोग्य लगायतका अन्य वस्तुको मुल्य घट्ने नेपाल चेम्बर्स अफ कमर्श खोटाङका अध्यक्ष खुसनारायण सैजूले बताए । उक्त सडक खण्ड छोटो दूरी भएकाले प्रतिकेजी पा“च रुपैया“सम्म सस्तो हुने सैंजूले सुनाए । उक्त सडक खण्डको माहुरे–फोक्सिङटार सडक भने अपूरै छ । २०५१ सालमा अशोक राई यातायात राज्य मन्त्री भएको बेला सुरु यो सडक २७ वर्ष पूरा भइसक्दा पनि अपूरै छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–शिक्षा व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्लास�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २३—अदालतक�... ... ...
दिनेश राई–सावाकटहरे, खोटेहाङ, असोज २३–सावाकटह�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित