दमकलको कैरन
- प्रकाशित मितिः पुष ४, २०७५
- 990 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता-
खोटाङ, पुस ४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आलोचनाको एउटा मेसो बनेको विषय हो दमकल । जतिखेर आगलागीको घटना हुन्छ अनि आलोचना खेप्नु पर्छ जनप्रतिनिधिहरुले ।
खासमा दमकलको कैरन यस्तो रहेछ । यो दमकल स्थानीय तह बन्नुअघि (कार्यकारी अधिकृत प्रकाश अधिकारीको पालामा) खरिद भएको हो । दमकल खरिदमा करिब ४० लाख रूपैया“ भन्दा बढी खर्च भएको छ ।
यो दमकल कन्डिसनमा भए पनि लोड बोकेको अवस्थामा पिकप लिदैन । हालै गरिएको परीक्षणमा दुई पानी दिने फोहरामध्ये एउटाले मात्र पानी फ्याक्ने नगरपालिका प्रमुख दीपनारायण रिजालले बताए । उनका अनुसार यो दमकलमा ताप्लेजुङ लेखिएकाले पुरानो या नया“ दमकल हो भन्ने छानविन गरिने छ ।
गत वर्ष विश्व प्रशिद्ध हलेसी बजारमा भएको आगजनीको बेला पठाउ“दा अर्खौलेमै बिग्रिएर थन्किएको थियो । दमकल मर्मतमा मात्र करिब साडे एघार लाख रुपैया“ खर्च भइसकेको प्रमुख रिजालले सुनाए । ‘दमकल मर्मतमा मात्रै साडे एघार लाख रुपैया“ खर्च भइसकेको छ ।’ नगरप्रमुख रिजालले भने–‘अहिले दमकल कन्डिसनमा भए पनि लोड बोकेर पिकल लिदैन ।’ नगरप्रमुख रिजालले थपे–‘अब अर्को दमकल खरिद नगरी नहुने अवस्था छ ।’
जिल्ला विपत् व्यवस्थापन समितिको हालैको बैठकले आगजनीलाई मध्यनजर गर्दै पोर्टेबल खालको दमकलका लागि सम्वन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ । आगजनीको बेला दमकल चालक समेत सहज रुपमा उपलब्ध नहुने समस्या भएकाले आठ जनालाई तालिम दिने योजना बनाइएको छ । यसमा तीन (सेना, सशस्त्र र जनपथ) सुरक्षा निकायका दुई–दुई जनाका दरले छ जना र नगरपालिकाको दुई जना गरी आठ जनालाई दमकल चालकको तालिम दिलाउ“ने योजना बनाइएको नगरप्रमुख रिजालले जनाए । तालिमपछि आगजनीको बेला सहज हुने नगरप्रमुख रिजालले सुनाए । ‘दमकलको विषयलाई लिएर धेरै आलोचना खेपिएको छ ।’ नगरप्रमुख रिजालले भने–‘वास्तविकतालाई नबुझी आलोचना गरिने भएकाले यसप्रति ध्यानाकर्षण हुन जरुरी छ ।’