सविना अछामे–
खोटाङ, पुस ५– खोटाङमा १७ हजार छ सय ३१ ले बायोमेट्रिक्स सहितको राष्ट्रिय परिचय–पत्र बनाएका छन् । यसमध्ये छ हजार तीन सय १९ महिला र ११ हजार तीन सय १२ जना पुरुषले बनाएका हुन् ।
२०७७ साउन १ गतेबाट सुरु भएको परिचय–पत्र अहिलेसम्म वितरण भएको छैन । विभागबाटै नआएका कारण वितरण हुन नसकेको राष्ट्रिय परिचय–पत्र विवरण दर्ता स्टेसनका कम्प्युटर अपरेटर फनिन्द्र राईले बताए । परिचय–पत्र वितरण नभए पनि वैदेशिक रोजगारीमा जानेहरुका लागि भर्पाई दिने गरेको राईले जनाए ।
अहिले दैनिक ३०–३५ देखि ५०–६० जनाले परिचय–पत्र पेश गर्ने गरेका छन् । अनलाइनबाट पनि फारम भर्न सकिने भए पनि बायोमेट्रिक्सका लागि परिचय–पत्र विवरण दर्ता स्टेसनमै आउ“नु पर्ने राईले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित