नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ५–केपिलासगढीको बाक्सिलाबजारमा भएको आगलागीमा झण्डै पाँच करोडको क्षति भएको छ । पुस ४ गते साँझ साडे पाँच बजे भएको आगजनीमा चार करोड ९९ लाख ३३ हजार रुपैयाँको धनमाल क्षति भएको हो ।
प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङका अनुसार शुभराज राईको ढुङ्गा माटोको गारो र टिनको छानो भएको तीन तले घर, उक्त घरमै भाडामा रहेको समीर राईको कपडा पसल, पुस्तक पसल, किराना पसल र नगद दुई लाख सहित एक करोड २५ लाख रुपैयाँ क्षति भएको छ । उक्त घरमै भाडामा पसल गरिरहेका इद्रा राईको होटल र पसल जल्दा सात लाख ५० हजारको धनमाल क्षति भएको हो ।
डिल्लीकुमार श्रेष्ठको एक करोड ४१ लाख ७७ हजारको धनमाल क्षति भएको छ । उनको ढुङ्गा माटोको गारो र टिनको छाना भएको तीन तले घर, भाँडा पसल, कपडा पसल र नगद ५० हजार जलेर नष्ट भएको छ । उक्त घरमै रहेको उनकै छोरा पवन श्रेष्ठको भाँडा पसल र नगद ४० हजार गरी २० लाख ४० हजार बराबरको क्षति भएको छ ।
दीपक गुरुङको टिनको छानो भएको तीन तले घर, एक लाख नगद र किराना सामानको गोदाम नष्ट हुँदा ५४ लाख ८५ हजार, गुरुङकै घर भाडामा लिएर कपडा व्यवसाय गरिरहेका रत्ना गुरुङको नगद ७५ हजार र सामान गरी १३ लाख ७२ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।
रमेश परियारको ढुङ्गा माटोले बनेको टिनको छानो भएको तीन तले घर, एक लाख नगद, टेलर पसल समेत नष्ट हुदा ७१ लाख नौ हजार क्षति भएको छ । अकबर राईको घर, टिभी, फर्निचरका सामान जलेर नष्ट हुदा ६३ लाख र उनकै घरमा रहेको कांग्रेसको समन्वय कार्यालयको कुर्सी, दराज लगायतका समान जल्दा दुई लाख बराबरको क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित