केपिलासगढीको बाक्सिला बजारमा लागेको आगो नियन्त्रणमा

  • प्रकाशित मितिः पुस ४, २०७९
  • 741 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ४–केपिलासगढी गाउ“पालिकाको केन्द्र बाक्सिला बजारमा पुस ४ गते सा“झको भीषण आगो नियन्त्रणमा आएको छ । स्थानीय, प्रहरी लगायतको सक्रियतामा झण्डै डेढ घण्टापछि नियन्त्रणमा आएको हो ।
बजारका दीपक गुरुङको घरबाट साझ साडे पाच बजेतिर सुरु भएको आगोले गुरुङको घर सहित रमेश दर्जी, शुभराज राई, डिल्लीकुमार श्रेष्ठ र अकबर राईको घर पूर्ण रुपामा नष्ट भएको केपिलासगढी गाउ“पालिकाका नायव सुब्बा ध्रुबराज राईले बताए । के कारण आगलागी भयो भन्ने नखुलेको प्रहरी नायव उपरीक्ष्ँक मन्जिल मुकारुङले बताए । अनुसन्धानपछि थाहा हुने उनले सुनाए । उनी आगलागीपछि सोमबार साझै घटनास्थल पुगेका छन् । क्षति विवरण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित