आप्रवासी श्रमिक दिवसको अवसरमा दीप प्रज्ज्वलन

  • प्रकाशित मितिः पुस ४, २०७९
  • 798 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस ४–आप्रवासी श्रमिक दिवसको अवसरमा सुरक्षित आप्रवासन (सामी)ले खोटाङमा दीप प्रज्ज्वलन गरेको छ । रोजगारीका सिलसिलामा विदेशमा ज्यान गुमाएका नेपाली कामदारको सम्झनामा पुस ३ गते साझ जिल्ला समन्वय समितिको प्राङगणमा सामुहिक दीपप्रज्ज्वलन गरेको हो ।
आप्रवासी श्रमिक दिवसको अवसरमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको हो । आप्रवासी कामदारको योगदान र त्यागको सम्मानमा नेपालको नक्सामाथि डिसेम्बर १८ तारिख लेखेर सामूहिक रुपमा दीप प्रज्वल गरिएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) खोटाङका कार्यक्रम संयोजक ओजनबाबु आचार्यले बताए ।

deep1
आप्रवासी श्रमिकको हित र आधिकारको राक्षाको साथै वैदेशिक रोजगारिमा रह“दा पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्युनतम मानवअधिकारको प्राप्ति आदिमा विदेशी नागरिक भएका कारण आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरको अधिकार संरक्षणसम्बन्धी महासंधी पारित गरी लागू भएको दिन सन २००० को डिसेम्बर १८ लाई आप्रवासी श्रमिक दिवसको रुपमा मनाउ“दै आइएको छ ।
केपिलासगढी गाउ“पालिकामा पनि दीप प्रज्ज्वलन गरेर आप्रवासी श्रमिक दिवस मनाएको छ । उक्त दिनै वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउ“न गाउ“पालिका उपाध्यक्ष गुरुराज राई र प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्कीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित