सविना अछामे–
खोटाङ, पुस ३–आप्रवासी श्रमिक दिवस मानाइएको छ । नगरपालिकाले संचालन गरेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तरगत वडा नं १२ जालपा र १३ नुनथलामा दिवस मनाइएको हो ।
सन २००० डिसेम्बरको १८ तारिखमा संयुक्त राष्ट्र संघको महासभामा आप्रवासीको सरोकारको दस्तावेज पारित भएको दिनलाई दिवसको रुपमा मनाउन थालिएको हो । दिवसको अवसरमा यो वर्ष आप्रवासीका परिवारसंग विभिन्न कार्यक्रम गरी दुई दिन मनाइएको छ ।
कार्यक्रममा सहभागीहरुले घरमा एक्लै हु“दा भोग्नु परेको समस्या, चुनौति र अनुभव सुनाएका थिए । उनीहरुले विदेशमा रहेका परिवारको सदस्यलाई चा“डै घर फर्काउने र अब फेरि विदेश नजानका लागि आफूले पनि आयमुलक काम सुरु गरिसकेको बताएका छन् ।
कार्यक्रमलाई सम्वोदन गर्दै वडा नं १२ का वडाअध्यक्ष दानबहादुर राई, वडा नं १३ का वडाअध्यक्ष भगेश्वर राई, प्रमुख प्रसासकीय अधिकृत सुभाकर पौडेलले आप्रपासीका परिवारले आयमुलक काम गर्न चाहे सीपमुलक तालिम लगायतमा सहयोग गर्ने बताएका छन् । यस अवसरमा आप्रवासीका परिवारलाई बचत गर्ने प्रतिकको रुपमा खुत्रुके बा“डिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित