रेन्बोट्राउटमा आकर्षण

  • प्रकाशित मितिः पुष १, २०७९
  • 418 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडा“का शरण राईले माछा पालन सुरु गरेको दश वर्ष भयो । सुरु सुरुमा माछा पालनबारे जानकारी नहुदा घाटा ब्यहोर्नु परे पनि अहिले भने मनग्गे आम्दानीको मेसो बनको छ ।

rainbo
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको तालखर्कमा रेन्बोट्राउट जातको माछा पालेका हुन् । रेन्बोट्राउट माछा पहाडको चिसो पानीमा हुने र यसको मुल्य पनि पाइने भएकाले यो क्षेत्रमा माछा पालनमा आकर्षण बढेको राईले बताए । राईले १५ वटा पोखरीमा रेन्बोपट्राउट माछा पालेका छन् । बजार पनि राम्रो भएकाले माछा पालनको भविष्य राम्रो देखिएको राईले बताए । ‘पहाडमा रेन्बोट्राउट माछा पालनको भविष्य राम्रै देखिन्छ ।’ राईले भने–‘उत्पादन भइसकेको माछा कहा“ बेच्ने भन्ने डर छैन, बरु माग पु¥याउ“न सकिएको छैन ।’

rainbo2
आफूले उत्पादन गरेको माछा दिक्तेल बजार, काठमाडौं लगायतका ठाउ“मा विक्री गर्ने गरेको राई सुनाउ“छन् । केही पोखरीमै र बा“की फोनबाटै बुकिङ गर्ने गरेको उनले सुनाए । यसबाहेक पिक्निक जानेहरुले पनि माछा लाने गरेको उनको भनाई छ । बगरेभन्ज्याङको पेनटावर, रुपाकोट भ्युटावर लगायतका पर्यटकीय क्षेत्रमा जानेहरुले माछा लैजाने गरेका छन् । दिक्तेलका कर्मचारीहरुले समेत माछा लैजाने गरेको उनले सुनाए ।
उनले स्थानीय सुरेश भुजेलसंग संयुक्त रुपमा माछा पालेका हुन् । माछा पोखरी बनाउ“न र माछाको भुरा खरिद गर्दा करिब ३६ लाख रुपैया“ खर्च भएको छ । यसमध्ये प्रदेश १ सरकारले १५ लाख रुपैया“ अनुदान दिएको राईले बताए । पहाडी क्षेत्रमा रेन्बोट्राउट माछाको राम्रो सम्भावना भएको उनी बताउ“छन् । पानीको श्रोत राम्रो भएकाले माछाको राम्रो सम्भावना देखिएको राईले बताए ।

rainbo-khidima
साकेला गाउ“पालिका–३ खिदीमाका युवाहरुले पनि रेन्बोट्राउट माछा पालन गरेका छन् । तावाहाङ रेन्बोट्राउट कृषक समूहमा आवद्ध २५ जनाले माछा पालन गरेका हुन् । करिब एक करोडको लागतमा निर्माण गरिएको १९ पोखरीमा दुई वर्षदेखि माछा पाल्न सुरु गरेको समूहमा आवद्ध निशान राईले बताए । उनका अनुसार गत वर्ष पा“च लाख रुपैया“को माछा विक्री गरेका छन् । यो वर्ष करिब १२ सय केजी माछा तयारी हुन लागेको राईले बताए । प्रतिकेजी १५ सय रुपैया“का दरले बेच्दा १८ लाख रुपैया“ हुने राई सुनाउ“छन् । तर उक्त ठाउ“मा यातायातको सहज पहु“च नहुदा भने समस्या भएको राईले बताए । रावाबेसी गाउ“पालिका–६ हौचुर पोखरीमा पनि रेन्बोट्राउट माछा पालन सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित