वडा कार्यालयबाटै योजना संझौता सुरु

  • प्रकाशित मितिः पुष १, २०७९
  • 461 पटक पढिएको
  • संवादताता

दिनेश राई–
खोटेहाङ, पुस १–खोटेहाङ गाउ“पालिकाले वडामा सञ्चालन हुने योजनाहरुको संझौता वडा कार्यालयबाटै गर्न सुरु गरेको छ । संझौताका लागि गाउ“पालिकाको केन्द्रमा धाउनु पर्ने वाध्यताको अन्त्य गर्न वडा कार्यँलयमै सझौताको व्यवस्था मिलाएको हो ।
मङ्सिर २९ गते उक्त पालिकाको वडा नं १ लिकुवापोखरी र वडा नं २ वाप्लुखामा पुस १ गते वडा नं ३ सावाकटहरेको वडा कार्यालयमा संझौता गरिएको छ । लिकुवापोखरीमा तीन, वाप्लुखामा दुई र सावाकटहरेमा दुई वटा योजना संझौता गरिएको हो ।
वडाबाट सञ्चालन हुने योजनाहरुको संझौता वडा कार्यालयहरुबाटै गर्दा जनतालाईसहज हुने भएकाले सहज संझौताको सुरुवात गरिएको गाउ“पालिका अध्यक्ष उदीमबहादुर राईले बताए । उक्त पालिकामा एक सय ७५ वटा वडास्तरीय र नौ वटा पालिकास्तरीय योजना रहेको गाउ“पालिकाका रोजगार सहायक सुजन राईले बताए ।
दिप्रुङ चुइचुम्मामा अन्तिम चरणमा :
दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले पनि वडा कार्यालयबाटै योजना संझौता गरिएको छ । मङ्सिर २६ गतेबाट सुरु योजना संझौता अन्तिम चरणमा पुगेको गाउ“पालिका अध्यक्ष लोकेन्द्र राईले बताए । ७ वटा वडा रहेको उक्त पालिकामा चालु आर्थिक वर्षका लागि दुई सय ८१ वटा वडास्तरीय र २६ वटा पालिका स्तरीय योजनाहरु छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित