दिक्तेलबजार व्यवस्थित गर्न सिसि क्यामेरा

  • प्रकाशित मितिः पुष ४, २०७५
  • 1672 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, पुस ४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारलाई व्यवस्थित गर्न जडान गरिएको सिसि क्यामेराको विधिवत उद्घाटन गरिएको छ । जथाभावी पार्किङ, जथभावी पार्किङ, यत्रतत्र निर्माण तथा अन्य सामग्री, सडक पेटीमा सामान, धुम्रपान, मध्यपान, चोरी–डकैती लगायतको गतिविधि नियाल्न जडान गरिएको सिसि क्यामेराको नगरप्रमुख दीपनारायण रिजालले बुधबार विधिवत उद्घाटन गरेका हुन् । 
नगरप्रमुख दीपनारायण रिजालका अनुसार दिक्तेलको रत्नपार्क, बेसक्याम्प, त्रिवेणीचौक, भानुचौक, हाडडा“डा र अस्पताल चौकमा गरी १२ वटा सिसि क्यामेरा जडान गरिएको छ । यो क्यामेराको दृष्य नगरपालिका र जिल्ला प्रहरी कार्यालयमा देखिनुका साथै रेकर्ड समेत हुने नगरप्रमुख रिजालले बताए ।  सिसि क्यामेरा जडानका लागि दश लाख रुपैया“ खर्च भएको नगरप्रमुख रिजालले सुनाए । उक्त कार्यक्रममा उपप्रमुख विणादेवी राईले जनताको चेतनास्तर विस्तारै उठ्दै गएको र यसलाई थप व्यवस्थित गर्न नगरपालिकाले सिसि क्यामेरा जडान गरिएको बताइन् ।
सिसि क्यामेराले सुरक्षामा समेत सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । ‘अब दिक्तेल बजारमा कसैले केही गरे प्रत्यक्ष देखिने छ ।’ डिएस्पी केसीले भने–‘यसका आधारमा अनुसन्धान गर्न समेत सहज हुने छ ।’  

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित