सविना अछामे–
खोटाङ, मङ्सिर २६–नेपाल पत्रकार महासंघको दशौ साधारणसभा सम्पन्न भएको छ । मङ्सिर २७ गते जिल्ला समन्वय समितिको हलमा आयोजित सभामा विभिन्न कार्ययोजनाहरु पारित गर्दै सम्पन्न भएको हो ।
प्रतिनिधिसभाका सदस्य एबम् खानेपानी सिचाइ तथा उर्जा मन्त्री रामकुमार राई (पासङ)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य पा“चकर्ण राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई, प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका अध्यक्ष नवराज राई, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राई लगायतको उपस्थिति थियो । कार्यक्रमका वक्ताहरुले पत्रकारिता पेशालाई मर्यादित र निष्पक्ष बन्नु पर्नेमा जोड दिदै साधारणसभाको सफलताको शुभकामना दिएका छन् ।
साधारणसभाले महासंघको नया“ भवन निर्माण गर्न दिक्तेल बजार क्षेत्रभित्र उपयुक्त जग्गाको खोजी गरी प्रक्रिया बढाउ“ने, यदी जग्गा उपलब्ध नभए आफ्नै जग्गामा भएको पुरानो कच्ची भवनलाई हटाएर नया“ पक्की भवन बनाउ“ने, जिल्लामा कार्यरत पत्रकारहरुको हितमा स्थापना गरिएको पत्रकार आपतकालीन सहायता कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७८ लाई सञ्चालनमा ल्याउ“ने पारित गरिएको छ ।
त्यस्तै पत्रकारिता पेशालाई मर्यादित सम्मानित, सुरक्षित र स्वतन्त्र बनाउ“नका लागि पत्रकाहरुको क्षमता अभिबृद्धिमा सहयोग पु¥याउ“न पत्रकारिता पुरस्कार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ पारित गरेको छ । यसका लागि तत्कालीन जिल्ला विकास समितिले उपलब्ध गराएको एक लाख रुपैया“बाट अक्षयकोष सञ्चालनको सुरुवात गर्ने र उक्त कोषमा रकम थप्दै लैजाने निर्णय पारित भएको छ ।
जिल्लामा कार्यरत सञ्चारकर्मीहरु र सरोकारवालाहरुलाई आवश्यक सूचना उपलब्ध गराउ“ने उद्देश्यले इ–लाइब्रेरी सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति र उपकरण तथा सामाग्रीका लागि प्रदेश र केन्द्रीय समिति, प्रेस काउन्सिल लगायतका निकाय समक्ष अनुरोध गर्ने, नेपाल पत्रकार महासंघ खोटाङको मातहतमा रहने गरी कुनै पनि व्यक्ति वा संस्थाले पुरस्कार कोष स्थापना गर्न चाहेमा त्यसका लागि खुला गर्ने निर्णय गरिएको छ ।
खोटाङमा क्रियाशील पत्रकारका लागि क्षमता अभिबृद्धिसम्वन्धी तालिम गरिने तथा निरन्तर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई खोजपत्रकारितातर्फ प्रोत्साहित गर्न खोजपत्रकारिता तालिम गर्ने, पत्रकारहरुको कुनै कानुनी समस्या आएमा बैतनिक कानुन व्यवसायी राख्न पहल गर्न नेपाल पत्रकार महासंघ प्रदेश तथा केन्द्रीय समितिलाई अनुरोध गर्ने लगायतका निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित