सविना अछामे–
खोटाङ, मङ्सिर २६–जिल्ला अस्पताल खोटाङले एक्स–रे बन्द गर्ने सूचना प्रकाशित गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुगमन गरी बन्द नगर्ने सहमती भएको छ । अस्पतालका निमित्त प्रमुख डा.चतुरनाराय यादवले २५ गतेदेखि २९ गतेसम्म सेवा बन्द गर्ने सूचना जारी गरेपछि नगरप्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विसन राई अस्पताल पुगी बन्द नगर्ने सहमती गरेका हुन् ।
अस्पतालले एक्स–रे गर्ने कर्मचारीहरुका परिवार विरामी परेपछि हेरचाह गर्न जानु पर्ने भएकाले बन्द गर्नु परेको जनाएकाले बैकल्पिक उपाय अपनाएर सेवा सञ्चालन गर्न लगाइएको नगर उपप्रमुख विसन राईले बताए । अस्पताल प्रशासनसंग छलफल गरी अस्पतालजस्तो संवेदनशील संस्थामा एक्सरे बन्द नगर्ने सहमती भएको उपप्रमुख राईले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित