सविना अछामे–
खोटाङ, मङ्सिर २६–टाटा सुमो दुर्घटनामा चालक घाइते भएका छन् । हर्लुङबाट दिक्तेल आउ“दै गरेको को १ ज ३०२७ नम्बरको सुमो दिखुवाखोलामा दुर्घटना हुदा सुनसरी तरहरा घर भएका २६ वर्षीय चालक रामकुमार खनाल घाइते भएका हुन् ।
यात्रु लिन दिक्तेल आउदै गर्दा मङ्सिर २६ गते बिहान दिखुवाखोलामा ५० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए । घाइतेको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान लगिएको डिएस्पी मुकारुङले बताए । प्रहरीलाई विहान सात बजेतिर जानकारी आए पनि कतिबजे दुर्घटना भएको हो भन्ने एकीन नभएको डिएस्पी मुकारुङको भनाई छ । दुर्घटनाको कारण पनि खुल्न नसकेको मुकारुङले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित