सविना अछामे–
खोटाङ, मङ्सिर २४–७४ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम सम्पन्न गरिएको छ । दुई दर्जन बढी आयोजकद्वारा आयोजित कार्यक्रम जिल्ला समन्वय समितिको सभा हलमा मङ्सिर २५ गते समापन गरिएको हो ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन र ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस एक साथ आयोजना गरिएको हो । कार्यक्रममा सहभागीहरुले खोटाङका तीन महिला हत्या प्रकरणका दोषी पत्ता नलागेको, गाउ“–गाउ“मा महिला हिंसा कायम रहेको, राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय सर्न लागेकाले त्यसलाई रोक्न पहल गर्नु पर्ने लगायतका विषय उठाएका थिए ।
कार्यक्रममा एमाले नेता विशाल भट्टराई, प्रदेशसभा सदस्य पाचकर्ण राई, माओवादी केन्द्रकी दुर्गाजयन्ती राई, पूर्व सांसद तथा नेपाल वार एशोसियन खोटाङका अध्यक्ष कुलप्रसाद फुयाल, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, एमाले जिल्ला नेता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पूर्व प्रमुख दीपनारायण रिजाल, जिल्ला समन्वय समिति उपप्रमुख सुरेश तामाङ, कांग्रेसकी डिल्लीकुमारी आचार्य, प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाअध्यक्ष नवराज राई, जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष दुर्गा घिमिरे लगायत सहभागी थिए । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले मङ्सिर २३ गते र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले मङ्सिर २४ गते प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित