नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङसिर २२–
उकालीमा टेक्न लौरी एहोइ समाउनेमा बाङ्गो एहोइ स्यामुना
कस्ले देख्छ, भोक तिर्खा एहोइ कस्ले देख्छ नाङ्गो एहोइ स्यामुना
ढोल, झ्याम्टाको तालमा दिक्तेल रुपाकोट मझुवागढीको मझुवागढीमा उधौलीको अवसरमा मङसिर २२ गते तन्नेरीहरु रमाएका हुन् । किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले संयुक्त रुपमा आयोजना गरेको साकेला सिलीमा किरातीहरु मात्र होइन गैरकिरातले समेत लहर मिलाएका छन् ।
किरातीहरुले मङ्सिरे पूर्णीमामा उधौली र बैशाखे पूर्णीमामा उभौली गरी वर्षमा दुई पटक यो सिली नाच्ने गर्दछन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले उधौली र बैशाखे पूर्णीमाको बेला उभौली लाग्ने भएकाले उभौली भनिएको किरात राई यायोक्खाका अध्यक्ष जमानशेर राईले बताए ।
उधौलीको अवसरमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मङ्सिरे पूर्णीमाको दिनदेखि उधौली मनाउने गरिएको राईले बताए । बैशाखे पूर्णीमाको बेला उभौली अवसरमा खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने चलन छ । उभौली–उधौली आफन्तसंगको भेटघाट गर्ने महत्वपूर्ण अवसर पनि मानिन्छ । उधौलीको अवसरमा मङ्सिर २२ गते जन्तेढुङ्गा, खोटेहाङ लगायतका ठाउ“मा पनि उधौली मनाइएको राईले बताए । साकेला सिली किरातीहरुले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत ना“च्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । ‘साकेला किराती संस्कृति अनुसार महत्वपूर्ण पर्व हो ।’ राईले भने–‘के किराती के गैरकिराती सबै जातजातिको सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने सबैको साझा समृद्ध संस्कृति बनिसकेको छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–शिक्षा व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्लास�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २३—अदालतक�... ... ...
दिनेश राई–सावाकटहरे, खोटेहाङ, असोज २३–सावाकटह�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित