सविना अछामे–
खोटाङ, मङ्सिर २१–नगरपालिकाको ताकेतापछि दिक्तेल–खोटाङ बजार अलपत्र सडक निर्माण सुरु भएको छ । ढुकुछु–बगाले बि.एन.टी निर्माण कम्पनीले काम अलपत्र पारेपछि दित्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ताकेता गरेको थियो ।
नगरपालिकाले कात्तिक २० गते निर्माण कम्पनीको एक्साभेटर र ब्याक लोडर नियन्त्रणमा लिएको थियो । दिक्तेल हस्पिटलचौकदेखि लफ्याङको दुबेचिवासम्मको प्याकेजमा ठेक्का लिएको निर्माण कम्पनीले काम गर्दा गर्दै छाडेको थियो । पा“च करोड छ लाख ५५ हजार पा“च सय ९६ रुपैया“को लागतमा २०७९ पुस २० गतेभित्र सक्ने गरी उक्त निर्माण कम्पनीले २०७८ जेठ २० गते संझौता गरेको थियो ।
सडक निर्माण अलपत्र छाडेर गएपछि निर्माण कम्पनीसंग सम्बद्धको खोजी गर्न र आवश्यक कारबाहीको प्रक्रिया बढाउ“न नगरप्रमुख तीर्थराज भट्टराई असोज २८ गते संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तरगत सडक डिभिजन हर्कपुर पुगेका थिए । त्यसपछि पनि कात्तिक ३ गते सम्वन्धित निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पत्रचार गरेको थियो ।
उक्त सडक अन्तरगत दुबेचिवा–साप्सुखोला प्याकेजको काम भने सुरु भएको छ । दुई करोड ९६ लाख ३७ हजार पा“च सय ८६ रुपैया“को लागतमा २०७९ माघ १५ गतेभित्र सक्ने गरी सगरमाथा सजिव आर एन जेवीले २०७८ चैत २८ गते संझौता गरेको थियो । म्याद सकिनुभन्दा दुई महिनाअघिनै सक्ने गरी काम भइरहेको निर्माणमा संलग्न कृष्ण घिमिरेले बताए । सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख इन्जिनियर अरुणदेवलाल कर्णले काम सुचारु गराउ“नका लागि ताकेता भइरहेको बताएका छन् ।
यसबाहेक भुते जिरोप्वइन्ट आयुर्वेद सडक स्तरोन्नति र हाटडाडा“–काफ्लेगाउ“–घुम्तिबर सडक स्तरोन्नति अलपत्र पार्ने लगलगे कन्ट्रक्सन चाबहिल, अल्छेढुङ्गा–नेर्पा–दोर्पा सडक स्तरोन्नति अलपत्र पार्ने उत्सव निर्माण सेवालाई काम गराउ“नु पर्ने भन्दै सघन शहरी तथा भवन निर्माण अयोजना ओखलढुङ्गालाई पत्राचार गरेको भट्टराईले बताए ।
मध्यपहाडी लोकमार्गमा पर्ने छेपेखोला पुलको जिम्मा लिने सगरमाथा–सजिव–आर.एन जेभी पङ्खुखोला पुलको साप–सिरुवा जेभी र भालुखोला, मेवाखोला पुलसंग सम्बद्ध के.एम. इन्जिनियर विल्डर्सलाई ताकेता गर्न पुष्पलाल राजमार्ग योजना धुलिखेललाई पत्राचार गरिएको भट्टराईले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, फागुन २–गैरसरकारी संस्था म�... ... ...
सविना अछामे–खोटाङ, फागुन १–नेकपा माओवादीका उप�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–खोटेहाङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–अहिलेको �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित