खोटाङ, भोजपुर र ओखलढुङ्गामा किन हारे एमालेका हस्ती ?

  • प्रकाशित मितिः मंसिर २०, २०७९
  • 539 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २०–एमाले निवर्तमान प्रमुख सचेतक विशाल भट्टराई दुई हजार छ सय ६९ मतको अन्तरले हार ब्यहोरे । एमाले अध्यक्ष केपी ओलीको नजिक मानिएका उनलाई गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका माओवादीका रामकुमार राईले पछि पारेका हुन् ।
एमाले जिल्ला कमिटी खोटाङका सचिव कुमार आचार्यले भने स्थानीय तहको तुलनामा उल्लेख्य प्रगति भएको दाबी गरेका छन् । ‘गठबन्धनकै कारण झिनो मतले चुनाव हारिएको हो ।’ आचार्यले भने–‘स्थानीय तहको चुनावको तुलनामा धेरै ठूलो प्रगति भएको छ ।’
स्थानीय तहको निर्वाचनमा खसेको मतको आधारमा हेर्दा गठबन्धनको मत ४७ हजार पा“च सय १३ मत देखिन्छ । तर यो चुनावमा भने गठबन्धनले ३१ हजार ३ सय ५१ मात्र ल्यायो । भट्टराईले स्थानीय तहको चुनावका भन्दा एक सय १५ मत कमी २८ हजार ६ सय ८२ मत ल्याए । स्थानीय तहको निर्वाचनमा एमालेको मत २८ सात सय ९७ आएको थियो ।
स्थानीयले भने भट्टराई पटक–पटक निर्वाचित भए पनि जिल्लाको अवस्था नसुध्रिएकाले मत घटेको बताउ“छन् । सडक, पुल लगायतका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यजस्ता महत्वपूर्ण विकासमा खासै परिवर्तन नभएकाले त्यसको प्रभावले भनेजस्तो मत नआएको एमालेकै एक नेता बताउ“छन् । भट्टराईले आफू केन्द्रित राजनीति गरेकाले पनि हारको एउटा कारण भएको उनी बताउ“छन् । ‘एमालेभित्र अन्य नेता नभएजस्तो जहिल्यै आफैं मात्र उम्मेद्वार हुने प्रवृत्तिले पनि हार भएको हो’–उनी भन्छन् ।
भट्टराईले भने जिल्लाबासीले अत्यन्तै माया“का साथ भोट दिएको बताएका छन् । ‘खोटाङकै भूगोलमा रात–दिन खटिने भएकाले माया“का साथ भोट दिएका छन् ।’ भट्टराईले भने–‘जिल्लाका अरु नेताहरु घर जानु परे खोटाङ छाड्नु पर्छ तर मैले जिल्ला आउ“नु पर्छ, त्यसैले पनि मलाई माया“ गरेका हुन् ।’
माओवादीका पोलिट्ब्युरो सदस्य तथा प्रदेश १ खानेपानी, सिचाइ तथा उर्जा मन्त्री समेत रहेका रामकुमार राई पनि सशक्त व्यक्ति हुन् । उनले २०६४ सालमा खोटाङ क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य र २०७४ मा खोटाङ (२) बाट जितेका थिए । राई लामो समयदेखि खोटाङकै भूगोलमा खटिएकाले भट्टराईका लागि जित निकाल्न असहज बन्यो ।
एमाले नेता तथा प्रदेश १ का संस्थापक मुख्य मन्त्री शेरधन राईले पनि पराजय खेपे । गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका माओवादीकै सुदन किरातीले दुई हजार तीन सय ८५ मतले राईलाई हार खेपाएका हुन् । राईले २६ हजार एक सय ९३ मत ल्याउ“दा किरातीले २८ हजार पा“च सय ७८ मत पाएका थिए ।
२०७४ मा प्रदेश १ मुख्यमन्त्री, २०७२ मा सूचना तथा सञ्चार मन्त्री समेत भइसकेका राईलाई गठबन्धननै मुख्य बाधक बनेको भोजपुर एमालेका अध्यक्ष शरण राईको ठहर छ । तर त्यत्तिले मात्रले हारेका होइनन्, जनताको जनजिविकासंग टुट्नु, भड्किलो जीवन शैली, मुख्य मन्त्री हुदा पनि प्रदेशको नाम राख्न नसक्नु, मुख्यमन्त्री हुदा सरकारी श्रोत दोहनको आरोप खेप्नु लगायतका कारण उनी चुनाव हारेको पौवादुङ्गा गाउ“पालिका–८ का भूपाल राई बताउ“छन् । ‘किरातीले चुनाव हराउ“नुमा राईको जनतासंगको सामित्यता नहुनु, भड्किलो जीवन शैली, किरात प्रदेश नामाङ्कनको पक्षमा नलाग्नु हो ।’–राईले भने ।
शहरको तुलनामा पहाडमा विचार अडिक रहेकाले पनि विचार प्रधान राजनीति कायमै रहेको, किरातीमा संघीयता, समावेशी, गणतन्त्रजस्ता मुलभूत विशेषतालाई जोडदार उठाउ“न सक्ने क्षमता भएकाले राईको हार भएको राईको भनाई छ ।
ओखलढुङ्गामा एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडासंग पराजित भएका छन् । २०७४ सालको चुनावमा खतिवडालाई करिब ५३ सयको मतान्तरले हराएका सुनुवार यो चोटी छ हजार आठ सय १८ मतले पछि परेका छन् । खतिवडाले तीन हजार तीन सय पा“च सय ५६ मत ल्याएका थिए भने सुनुवारले दुई हजार सात सय ३८ मत ल्याएका थिए । गठबन्धनकै कारण सुनुवारले हार व्यहोर्नु परेको एमाले ओखलढुङ्गाका अध्यक्ष शंकर कटवालको भनाई छ । ‘केही मत तलमाथि भयो होला, तर मुल रुपमा गठबन्धनकै कारण हार भएको हो ।’–कटवालले भने ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित