सवारी नियम उलङ्घन गर्ने २२ कारबाहीमा

  • प्रकाशित मितिः पुष २, २०७५
  • 1393 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, पुस २–सवारी नियम उलङ्घन गर्ने २२ सवारी चालकलाई कारबाही गरिएको छ । सोमबार दिक्तेल र हेलसीमा गरिएको ट्राफिक चेकमा नियम उलङ्घन गर्ने सवारी चालकलाई कारबाही गरिएको हो ।
प्रहरी नायव उपरीक्षक राजकुमार केसीका अनुसार तीन सरकारी मोटरसाइकल, १३ निजी मोटरसाइकल, पा“च जिप र एक ट्रक कारबाहीमा परेको हो । सोमबार दिक्तेल र हलेसीमा गरिएको ट्राफिक चेकिङ अन्तरगत हलेसीमा मोटर साइकल तीन वटा, जीप पा“च वटा र ट्रक एउटा कारबाहीमा परेको डिएस्पी केसीले सुनाए ।
त्यस्तै दिक्तेलको विभिन्न ठाउ“मा भएको चेकिङ अन्तरग तीन वटा सरकारी मोटर साइकल र दश वटा निजी मोटरसाइकल बाहकलाई कारबाही गरिएको हो । पहिलो पटकलाई पा“च सय, दाश्रो पटकलाई हजार, तेश्रो पटकलाई १५ सय हुदै कसुरको आधारमा शुल्क बढ्दै जाने डिएस्पी केसीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित