नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १८–साकेला गाउँपालिकाको मात्तिम विर्तामा बस दुर्घटना हुदा चार जना घाइते भएका छन् । उक्त पालिकाको मानेभञ्ज्याङबाट दिक्तेल आउँदै गरेको बा ३ ख १८९५ नम्बरको बस मात्तिम बिर्ताको कामिस्वारामा मङ्सिर १८ गते विहान आठ बजेतिर पल्टिँदा चार जना घाइते भएका हुन् ।
साकेला गाउँपालिका–५ का वडाअध्यक्ष जीवन न्यौपानेका अनुसार दुर्घटनामा सल्यानको शारदा नगरपालिका घर भएका सहचालक मिलन मगर, साकेला गाउँपालिका–३ खिदिमाका २३ वर्षीय दीपेन्द्र तामाङ, ४५ वर्षीया कल्पना राई र ऐसेलुखर्क गाउँपालिकाकी २८ वर्षीया इन्दिरा पुरी घाइते भएका हुन् । ब्रेक फेल भएर सडकमा बस पल्टिएको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए । घाइतेहरुको अवस्था सामान्य रहेको डिएस्पी मुकारुङले बताए । उनीहरुलाई घटनास्थलमा स्वास्थ्यकर्मी बोलाएर सामान्य उपचारपछि जिल्ला अस्पतालमा ल्याइएको छ । टाउको, कान, खुट्टामा सामान्य चोट लागेको डिएस्पी मुकारुङले बताए । गाडीमा चालक सुदन विश्वकर्मा सहित छ जना सवार थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित