पत्रकार गजेन्द्र राईको रिहाइको माग गर्दै आन्दोलन

  • प्रकाशित मितिः मंसिर १७, २०७९
  • 1000 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १७–समाचार लेखेकै आधारमा पक्राउ परेका उदयपुरका पत्रकार गजेन्द्र राईको रिहाइको माग गर्दै खोटाङमा आन्दोलन सुरु भएको छ । मङ्सिर १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभन्ज्याङस्थित पेनटावरबाट आन्दोलन सुरु भएको हो ।
नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्का, उपाध्यक्ष पर्शुराम थापा, सल्लाहकार भोटराज राई लगायत खोटाङका पत्रकारहरुले आन्दोलन सुरु भएको उद्घोष गरेका हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुर शाखा अध्यक्ष खड्का र खोटाङ शाखाका सदस्य तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य उजुर राईले समाचार लेखेकै आधारमा साइबर क्राइममा मुद्दा चलाउ“न नमिल्ने भन्दै आन्दोलनको विकल्प नरहेको बताए । राईलाई मङ्सिर १० गते पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित