सविना अछामे–
खोटाङ, मङ्सिर १६–विश्वप्रशिद्ध हलेसीको मन्दिर परिसरमा २६ वटा सौर्यवत्ती जडान गरिएको छ । प्रदेश सरकार, खानेपानी सिचाइ“ तथा उर्जा मन्त्रालयको १० लाख बजेटबाट २६ वटा सौर्यवत्ती जडान गरिएको हो ।
अरु एक सय २६ सौर्यवत्ती पनि जडान गर्ने तयारी गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र महादेवस्थान वडा कार्यालयको प्रस्तावमा उज्यालो हलेसी कार्यक्रम अन्तरगत वत्ती जडान गरिएको हो । अन्य एक सय २६ वटा वत्ती जडानका लागि एक करोड बजेट विनियोजन भइसकेको छ ।
२६ वटा वत्तीमध्ये महेन्द्रोदय माविको छानामा १२ थान सोलार प्यानल राखेर आठ वटा ब्याट्रीमार्फत एक केभीए विद्युत उत्पादनबाट सञ्चालमा आएको हो । वत्ती जडानका लागि प्रदेशबाटै सामान र प्रविधिक टोली आएको थियो । वत्ती जडान भइसकेपछि यसको मर्मत संभार र सुरक्षाको जिम्मा नगरपालिकाले लिनु पर्ने छ । एक सय २६ वटा वत्तीका लागि हेलिप्याडडा“डामा विद्युत गृह निर्माण गरिने छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १७–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १५–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ९–बालिकाला�... ... ...
दिनेश राई–खोटेहाङ, जेठ ८–खोटेहाङ गाउँपालिकाल�... ... ...
ममता राई–खोटाङ, जेठ ८–खोटेहाङ गाउँपालिका–५ च... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित