काम अलपत्र पार्ने निर्माण कम्पनीको एक्साभेटर र ट्याक्टर नगरपालिकाले नियन्त्रणमा लियो

  • प्रकाशित मितिः मंसिर १३, २०७९
  • 758 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १३–ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण कम्पनीको एक्साभेटर र ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ । दिक्तेल हाटडाडा“दखि लफ्याङ काफ्लेगाउ“ घुम्तीबर सडक स्तरोन्नतिको ठेक्का लिएर अलपत्र पार्ने लगलगे कन्ट्रक्सनको एक्साभेटर र ट्याक्टर मङ्सिर १३ गते नियन्त्रणमा लिएको हो ।
करिब ४६ लाख रुपैया“को लागतमा असार मसान्तसम्म सक्ने गरी सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गासंग २०७८ माघ २० गते संझौता गरेको थियो । उक्त म्याद समेत गुजारेपछि फेरि पुससम्मको लागि थपिएको छ । थपिएको समयसम्म काम सक्नु पर्नेमा निर्माणस्थलमा ल्याएको निर्माण सामाग्री लिएर भाग्ने प्रयास गरेपछि एक्साभेटर र ट्याक्टरहरुमा ताला लगाएर नियन्त्रण लिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाअध्यक्ष दिनेश घिमिरेले बताए ।

phototalaaa
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्ष्ँेत्रभित्रका विभिन्न योजनाहरुको ठेक्का लिएर अलपत्र पारिएकाको भन्दै त्यसमा संलग्नलाई कारबाहीको माग गर्दै नगरपालिकासंग आक्रोश पोख्दै आएका छन् । स्थानीयले योजना अलपत्र पार्नेलाई तत्काल काम गराउ“न र नगरे नगर प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राईलाई नै थुन्ने चेतावनी समेत दिएका थिए । स्थानीयलाई हेपेर ठेकेदारले काम नगरेको दिक्तेलका दुर्गाप्रसाद घिमिरेले आक्रोश पोखे ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित