नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १३–प्रदेशसभा समानुपातिकमा पनि एमाले पहिलो भएको छ । एमालेले २४ हजार एक सय ५२ मत पाएको हो ।
दोश्रोमा कांग्रेसले १५ हजार छ सय ८३ मत, माओवादी केन्द्रले १२ हजार नौ सय ९२ मत, नेकपा एकीकृत समाजवादीले तीन हजार आठ सय ७८ मत, राप्रपाले दुई हजार छ सय ४९ मत र जनता समाजवादीले दुई हजार चार सय ८५ मत पाएको छ ।
मुख्या निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक सय ६, हाम्रो नेपाली पार्टीले ८५, जनमत पार्टीले ७५, किरात खम्बुवान साझा पार्टीले २६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १८, नेपालका लागि नेपाली पार्टीले १३, नागरिक उन्मुक्ति पार्टीले सात, मौलिक जरोकिलो पार्टीले चार र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले चार मत ल्याएको छ ।
यस्तै आमुल परिवर्तन मसिहा पार्टी नेपालले दुई सय पा“च, विवेकशील साझा पार्टीले एक सय ५९, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)को तीन सय ५१, मंगोल नेशनल अर्गनाइजेसनको एक सय ५१, खम्बुवान राष्ट्रिय मोर्चा नेपालको एक सय ४३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)को ७०, नेपाल मजदुर किसान पार्टीको ४०, नेपाली कांग्रेस (विपी)को ३४, जनजागरण पार्टी नेपालले २०, नेपाल लोकतान्त्रिक पार्टीको १२, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चार, नेश्नलिष्ट पिपल्स पार्टीको चार, राष्ट्रिय जनमुक्ती पार्टीको चार र नेपाल जनता पार्टीको चार मत आएको छ ।
नेपाल कम्युनिष्ट पार्टीले १०, बहुजन शक्ति पार्टीले तीन, सामाजिक एकता पार्टी÷नेपाल कम्युनिष्ट पार्टी समाजवादी÷नेपाल दलित पार्टीले २९, नेपाल आमा पार्टी÷नेपाल नौलो जनवादी पार्टी÷सचेत नेपाली पार्टी÷नेपाल सुशासन पार्टीले ४३, नेपाल जनता दलले ६० र जनता समाजवादी पार्टी नेपालले ३० मत पाएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित