नमस्ते खोटाङ संवाददाता-
खोटाङ, मङ्सिर २५–राष्ट्रिय पुननिर्माण प्राधिकरणले दुई दिने अभिमुखीकरण गोष्ठी आयोजना गरेको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा मङ्गलबार आयोजिक कार्यक्रममा जिल्लाका दशै पालिकाका प्रमुख, प्रमुख कार्यकारी अधिकृत, आइटी अफिसर लगायतको सहभागिता छ ।
प्रतिनिधिसभा सदस्य हिरा गुरुङको प्रमुख आतिथ्य भएको कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि गुरुङले भूकम्प पीडितलाई सहज रुपमा काम गर्न प्राधिकरणसमक्ष अनुरोध गरेकी छन् । प्रदेशसभा सदस्य रामकुमार राईले प्राधिकरणको सफल कार्यकालको कामना व्यक्त गरे । यसक्रममा जनताको अपेक्षा बढी हुने तर मापदण्डले समस्या बनाएकाले यसप्रति सबै पक्ष गम्भिर हुनु पर्ने बताए ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका सदस्य ध्रुब शर्माले भूकम्प पीडितको अपेक्षालाई ध्यानमा राखेर गुनासो दर्ता प्रक्रिया बढाइएको र त्यसमा नाम दर्ता गराउ“नेहरु समेतलाई ध्यानमा राखेर काम भइरहेको बताए । स्थानीय तह लागूपछि गुनासो दर्ता गराउ“ने लगायत भूकम्प पीडित लाभग्राहीलाई सेवा दिन सम्वन्धित पालिकामा इन्जियर खटाइएको बताए । पालिकामा खटिएका इन्जिनियर र जनप्रतिनिधिको सिफारिसमै लाभग्राहीले रकम पाउने भएकाले त्यसै आधारमा काम गर्नु पर्ने शर्माले सुनाए । शर्माले भूकम्पले मुलुकमा चारतिर फर्किएका राजनीतिक दललाई समेत एक बनाएको र त्यसले मुलुकमा चुनाव सम्पन्न गराएको स्मरण गराए । अहिले पनि भूकम्प पीडितहरुको समस्या समाधानमा समेत राजनीतिक दलहरु एक भएको बताए ।
शर्माले विनाशकारी भूकम्पको नौ महिनापछि २०७२ पुस १२ गते प्राधिकरणको गठन र त्यसपछि नेपालमा भएको विभिन्न चरणको चुनावले काममा विलम्ब हुन गएको जनाए । यद्यपि अहिले प्राधिकरणले दु्रतगतिमा काम गर्ने चरणमा रहेको दाबी गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले समेत धारणा राखेका थिए । उक्त कार्यक्रम राष्ट्रिय पुननिर्माण प्राधिकरण खोटाङका प्रमुख सागर आचार्यको अध्यक्षतामा भएको हो । खोटाङमा आठ हजार चार सय ४३ घर लाभग्राही छन् । झण्डै सात हजारको हाराहारिमा गुनासो दर्ता भएको आचार्यले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित