नेकपा माओवादी केन्द्रको समानुपातिक मत दश लाख नाघ्यो

  • प्रकाशित मितिः मंसिर ११, २०७९
  • 409 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, मङ्सिर ११–नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ अहिलेसम्म दश लाख बढी मत पाएको छ । पछिल्लो विवरण अनुसार दश लाख सात हजार सात सय २२ मत पाएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ हालसम्म ८८ लाख ६ हजार ५ सय ६९ मतगणना सम्पन्न भएको छ ।
जारी मतगणनामा नेकपा (एमाले) २४ लाख २१ हजार ७ सय ९६ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख २ हजार ७ सय २६ मत प्राप्त गरेको छ । आइतबार अपराह्न ४ बजेसम्मको विवरणअनुसार समानुपातिकतर्फको मतमा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८८ हजार ७ सय ४२ मत प्राप्त गरेको छ । पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १६ हजार ६ सय ३०, छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख २ हजार सात सय ५४ र सातौँ स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी)ले २ लाख ३६ हजार ७ सय ५५ मत प्राप्त गरेको छ ।
यस्तै जनमत पार्टीले २ लाख ३५ हजार १ सय ४०, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार एक सय ८, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २२ हजार ७०३, नेपाल मजदुर किसान पार्टीले ७० हजार ४ सय ७२, हाम्रो नेपाली पार्टीले ४९ हजार ८ सय ९६, मङ्गोल नेशनल अर्गनाइजेशनले ४४ हजार २ सय ४९ र राष्ट्रिय जनमोर्चाले ४३ हजार ९ सय ७९ मत प्राप्त गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ राजनीतिक दलमध्ये अन्तिम स्थानमा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार पाँच सय १९ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित