नमस्ते खोटाङ संवाददाता-
खोटाङ, मङ्सिर २४–कर्तव्य ज्यानमा दोषी ठहरिएका फरार पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४९ वर्षीय धनबहादुर तामाङ सोमबार पक्राउ परेका हुन् । जिल्ला अदालत खोटाङले २०६३ फागुन ६ गत वीस वर्ष जेल सजायको फैसला गरेको थियो । तामाङलाई जेल भुक्तानका लागि सोमबारै कारागार पठाइएको छ । तामाङ लगायतले २०६० असोज १५ गते स्थानीय २१ वर्षीय नवराज दाहालको हत्या गरेका थिए । त्यतिखेरै पक्राउ परेका तामाङ पुर्पक्षका लागि थुनामा रहेको बेला २०६२ असार ५ गते माओवादीले कारागार आक्रमणको क्रममा भागेका थिए । लुकेर गाउ“मा बसेका तामाङलाई पक्राउ गरी अदालतमा दाखिला गरी कारागार बठाइउको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित