वाइफाइ पार्क बन्दै

  • प्रकाशित मितिः असार १७, २०७५
  • 1403 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, असार १७–दिक्तेलको अल्छेढुङ्गामा वाइफाइ पार्क निर्माण सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्रमागत योजना अन्तरगत उक्त वाइफाइ पार्क निर्माण सुरु गरिएको हो । यो वर्ष करिब दुई लाख ५० हजार रूपैया“ खर्च गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताए । सञ्चारलाई द्रुत गति दिनका लागि उक्त वाइफाइ पार्क निर्माण थालिएको रिजालले बताए । नगरपालिकाले यो जमानाको सञ्चारलाई उपयोग गर्दै जीवनोपयोगी बनाउन सञ्चारलाई द्रुतगति दिनेको हो ।
यस अन्तरगत नेपाल टेलिकमको सेवा प्रभावकारी बनाउन पहल गर्ने, विभिन्न ठाउ“मा टावर निर्माण गर्ने योजना बनाएको छ । यसमा खामीको बा“झोबारी, जालपा र बुवालुङको खावाडा“डामा टेलिफोन टावर राख्ने योजना बनाएको छ । 
यसबाहेक सञ्चार माध्यमलाई सबैको पहु“च पु¥याउने नीतिगत निर्णय गरिएको छ । मेयर रिजालका अनुसार नगरक्षेत्रभित्रका सबै विद्यालयमा इहाजिरी, बजारमा सिसि टिभी, प्रत्येक वडामा सफ्टवेर प्रविधिबाट कार्यसम्पादन भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित