सवारी दुर्घटनामा सञ्चारकर्मी तथा अधिकारकर्मी महावीर विश्वकर्माको मृत्यु

  • प्रकाशित मितिः मंसिर ६, २०७९
  • 757 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ मङ्सिर ६–सवारी साधन दुर्घटना हु“दा संचारकर्मी तथा मानवअधिकारकर्मी महावीर विश्वकर्माको निधन भएको छ । चितवनबाट काठमाण्डौ फर्किने क्रममा सवारी दुर्घटना हुदा विश्वकर्माको निधन भएको हो ।
चुनावलाई केन्द्रीत गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मङ्सिर ६ गते बिहान काठमाण्डौ फर्कदै थिए । विहान ५ः३० बजेको समयमा राप्ती नगरपालिका ६ हर्दी चोकस्थितमा बिग्रिएर रोकी राखेको ना २ ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार बा ४ ख ४१२ नम्बरको माइक्रोहायस ठोक्कि“दा उनको मृत्यु भएको हो । माइक्रोमा सवार चालक सहित ६ जना घाइते भएकोमा विश्वकर्माको गाडिमा च्यापिएको अवस्थामा उद्घार गरिएको थियो ।
३५ वर्षका महावीरलाई विहान ७ः३७ बजे पुरानो मेडिकल कलेजले मृत घोषणा गरेको थियो । गाडिमा सवार अन्य ५ घाइतेको भने पुरानो मेडिकल कलेजमा नै उपचार भइरहेको छ ।
चर्चित कार्यक्रम बहकिने मनका प्रस्तोता तथा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय सदस्य पनि हुन् । पछिल्लो समय दलितका मुद्दाहरुमा उनी सक्रिय थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित