खोटाङका कुन उम्मेद्वारले कहा“बाट मतदान गरे ?

  • प्रकाशित मितिः मंसिर ४, २०७९
  • 362 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ४–जिल्लाका उम्मेद्वारहरुले विभिन्न ठाउ“बाट मतदान गरेका छन् । वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएका नेकपा माओवादी केन्द्रका रामकुमार राईले रतन्छाको साकेला मावि केन्द्रमा मतदान गरेका छन् । एमालेको तर्फबाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएका विशाल भट्टराईले खोटाङबजारको भगवती मावि केन्द्रबाट मतदान गरेका छन् ।
प्रदेशसभा खोटाङ १ मा उम्मेद्वारी दिएका वाम–लोकतान्त्रिक गठबन्धनका नेकपा एकीकृत समाजवादीका वीरबलकाजी राई, एमालेका पा“चकर्ण राई र जनता समाजवादी केन्द्रका राकेश राईले बुइपाको सहयोगी आधारभूत विद्यालय केन्द्रमा एकसाथ मतदान गरेका छन् । उनीहरु तीनै जना एउटै वडाका हुन् ।

buipali-ummedwar
प्रदेशसभा खोटाङ २ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका कांग्रेसका भूपेन्द्र राईले याम्खाको महेन्द्रोदय मावि केन्द्रमा मतदान गरेका छन् । एमालेको तर्फबाट खोटाङ २ मा उम्मेद्वारी दिएका रामप्रसाद दङ्गालले बतासेको राम्चे निकेतन मावि केन्द्रमा मतदान गरेका छन् । जनता समाजवादीको तर्फबाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएका डा. कृष्णकुमार राईले सप्तेश्वरछितापोखरीको डाडा“खर्कमावि केन्द्रमा र प्रतिनिधिसभामा उम्मेद्वारी दिएका राप्रपाका सर्जु श्रेष्ठले दिक्तेलको सरस्वती मावि केन्द्रमा मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित