सडक नबन्दाको आक्रोश : नगरप्रमुख, उपप्रमुख तथा प्रमुश प्रशासकीय अधिकृतलाई थुन्ने चेतावनी

  • प्रकाशित मितिः मंसिर २, २०७९
  • 740 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर २– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेल हाटडा“डाका स्थानीयले दिक्तेल–आहाले सडक कालोपत्रेको काम तत्काल सुचारु नगराए नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्ने चेतावनी दिएका छन् ।
ज्ञापन–पत्रमा कालोपत्रेको काम तत्काल सुरु नभए दिक्तेलबारमा सवारी आवागमन बन्द गर्ने, हड्ताल गर्नेदेखि नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमै थुन्नेसम्मको आन्दोलन गर्ने उल्लेख गरेका छन् ।
गत भदौ १९ गते पनि स्थानीय हाटडाडा“ टोल पूर्वाधार विकास तथा व्यवस्थापन प्रबद्र्धन समितिको अगुवाईमा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापन पत्र बुझाउ“दै सडक कालोपत्रेको अवरुद्घ काम तत्काल सुचारु गर्न÷गराउन माग गरेका थिए ।
उक्त मागको सुनवाई नभएको भन्दै दीपेन्द्र बस्नेत, विनोद खड्का, लीला श्रेष्ठ, नविन श्रेष्ठ लगायतका स्थानीयले मङ्सिर १ गते नगरप्रमुख तीर्थराज भट्टराईलाई ज्ञापन पत्र बुझाउ“दै सडक कालोपत्रेको काम यथासिघ्र सुचारु नगराए हड्तालमा उत्रने समेत चेतावनी दिएका छन् ।
कालिका मन्दिर र महादेवगुफा जाने आउने दर्शनार्थीलाईं समेत असहज भएको ज्ञापनमा उल्लेख छ । पटक–पटक म्याद थप गर्दा पनि निर्माण कम्पनी याक्थुङहाङ÷साप÷सिरुवा जेभीले कालोपत्रेको काम अलपत्र पारेको भन्दै स्थानीयले विरोध जनाउदै आएका छन् ।
निर्माण कम्पनीले २०७६ साल चैत ७ गतेभित्र सम्पन्न गर्ने गरी २०७५ साल असोज १ गते सडक कालोपत्रेको सम्झौता गरेका थियो । तर अहिलेसम्म करिब ६० प्रतिशत मात्र प्रगति भएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित