नमस्ते खोटाङ संवाददाता–
भोजपुर, कात्तिक ३०–भोजपुरको पौवादुङ्मा गाउ“पालिका–३ तिवारी भञ्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभालाई लक्षित गरी कात्तिक ३० गते बम विस्फोट भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएको सभास्थल नजिकै दिउसो दुई बजेर दश मिनेट जादा बम विस्फोट भएको हो ।
घटनामा अरुण गाउ“पालिका–४ का ३५ वर्षीय सुमन श्रेष्ठ घाइते भएका छन् । उनको देब्रे खुट्टामा चोट लागेको छ । उनको प्रहरी नियन्त्रणमै जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । उनलाई सोधपुछपछि अस्पताल पु¥याइएको हो । उनी नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता हुन सक्ने स्थानीयले बताएका छन् । दाहाल आउनु एक घण्टाअघि नै विस्फोट भइसकेको थियो । सपिङ ब्यागमा टिफिनकारीमा बोकिएको बम विस्फोट भएको स्थानीयले बताएका छन् ।
तस्बिर सौजन्य : विवेक राई
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट म�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित