जिल्ला प्रशासन कार्यालय खोटाङको अत्यावश्यक बाहेक सेवा प्रवाह बन्द

  • प्रकाशित मितिः कार्तिक 30, 2079
  • 74 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ३०–जिल्ला प्रशासन कार्यालय खोटाङले अत्यावश्यक बाहेक मङ्सिर ५ गतेसम्मका लागि अन्य सेवा प्रवाह बन्द गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कर्मचारी खटिएकाले आन्तरिक प्रशासनिक, शान्ति सुरक्षा, विपद्, मुद्दा र निर्वाचनसंग सम्वन्धित बाहेक अन्य सेवा बन्द गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले कात्तिक ३० गते सूचना जारी गरेको सूचना अनुसार नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, नाबालक परिचयपत्र, संघसंस्था लगायतका सेवा मङ्सिर ५ गतेसम्मका लागि बन्द गरिएको छ ।

notice

प्रतिक्रिया दिनुहोस


सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित