रोकिएन अवैध ढुङ्गा खानी

  • प्रकाशित मितिः मंसिर २४, २०७५
  • 1235 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता -
खोटाङ, मङ्सिर २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय मझुवागढी आसपासमा अवैध रुपमा सञ्चालन गरिएका ढुङ्गा खानी अझै रोकिएको छैन । 
यसले धार्मिक तथा पर्यटकीय मझुवागढी क्षेत्रमा पर्ने कालिका भगवती, बुद्धेश्वरगुफा, मझुवागढी लगायतका धार्मिक स्थलहरु संकटमा परेको छ । स्थानीयले अवैध ढुङ्गा खानी रोक्न सम्वन्धित निकायलाई पटक–पटक अनुरोध गर्दा समेत बेवास्ता गरेको गुनासो छन् । दिक्तेल–खानीडा“डा र दिक्तेल–मेघेचौतारो सडक खण्डमा ढुङ्गा खानी सञ्चालनले जोखिम बढेको स्थानीय नेत्र कटवालले बताए । मझुवागढी वरिपरि खानी सञ्चालन गरिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तयार गरी मझुवागढी देवीथान गुरुयोजनालाई समेत असर गरेको छ । हुन त नगरपालिकाले तयार गरेको गुरुयोजना समेत अलपत्र परेको स्थानीयको भनाई छ ।
ढुङ्गा खानीमा ब्रेकर लगाइएकाले त्यसको कम्पनले मझुवागढी क्षेत्रको सम्पदाहरुलाई नराम्ररी क्षति पुग्न सक्ने सम्भावना बढेको छ । यसका साथै पानीका मुहानहरु समेत सुकेका छन् । दिक्तेल–खानीडा“डा रेग्मीटार सडक निर्माणको बहानामा समेत ढुङ्गा दोहन भएको स्थानीयको गुनासो छ । 
अवैध ढुङ्गा खानी सञ्चालकहरुले नगरपालिकाले इजाजत दिएको भन्दै दोहन गरिरहेको स्थानीयले बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने इजाजत नदिइएको बताए । ‘नगरपालिकाले ढुङ्गा खानी सञ्चालन गर्ने इजाजत दिने कानुनी व्यवस्था छैन ।’ प्रमुख रिजालले भने–‘यदी ढुङ्गा दोहन भएको पाइएमा कारबाही गरिने छ ।’

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित