‘मङ्सिर ४ को निर्वाचन वर्ममान व्यवस्था चाहनेहरुको गठबन्धन र नचाहनेहरुको गठबन्धन बीचको हो’ : पुष्पकमल दाहाल

  • प्रकाशित मितिः कार्तिक ३०, २०७९
  • 285 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ३०–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मङ्सिर ४ गते हुने निर्वाचन प्रतिनिधिसभा र प्रदेशसभाको मात्र नभई वर्तमान व्यवस्था चाहनेहरुको गठबन्धन र नचाहनेहरुको गठबन्धन बीचको भएको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनले कात्तिक ३० गते दिक्तेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै गणतन्त्र, संघीयता, समावेशी लगायतका व्यवस्थालाई जोगाउ“ने र ढाल्ने प्रतिगामी शक्ति बीचको निर्वाचन भएको बताएका हुन् ।
‘मङ्सिर ४ गते दुइटै गठबन्धन बीचमा जनमत संग्रहको रुपमा चुनाव हुदैछ ।’ दाहालले भने–‘देशभरि शत्ता गठबन्धनको पक्षमा जनलहर देखा परिसकेको छ, यहा“ पनि अपार उपस्थितिले गठबन्धनका उम्मेद्वारको विजयलाई सुनिश्चित गरिसक्नु पएको छ ।’
खोटाङको विकास र समृद्धिका निम्ति गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेद्वार बनेका रामकुमार राई, खोटाङ १ का उम्मेद्वार वीरबलकाजी राई र खोटाङ २ का उम्मेद्वार भूपेन्द्र राईलाई विजय गराउ“न आग्रह गरे । जिल्लाबाट विजयी उम्मेद्वारहरु मन्त्री बन्न योग्य भएकाले मन्त्री बनेपछि जिल्लाको विकासमा समेत सहज हुने दाहालले बताए । दाहालले करिब दुई मिनेट बोलेका थिए ।

prakash
कांग्रेस नेता प्रकाशशरण महतले लोकतान्त्रिक वाम गठबन्धनको उम्मेद्वारलाई भोट हाल्न कार्यकर्ताहरुलाई आग्रह गरे । गठबन्धनले चुनाव नजिते मुलुक पछाडि पर्ने भन्दै जसरी पनि जित्नै पर्ने धारणा राखे । माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईले पुष्पलाल, मदन भण्डारीको चुनाव चिन्ह सूर्य अब कमल थापाको भइसकेकाले एमाले कार्यकर्ताहरुले सोच्नु पर्ने दिन आएको बताए । अनुशासित कार्यकर्ताहरुलाई एमालेले भ्रममा पारेर चुनाव चिन्ह अर्कैलाई दिइसकेको राईले बताए । उम्मेद्वारहरु लगायत कांग्रेस नेतृ सरस्वती बजिमय, एकीकृत समाजवादीका नेता राजन राई, माओवादी केन्द्रकी रस्मी रसाइली, कांग्रेस नेतृ विमला राई, रविप्रकाश राई, दिनेश राई लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित