पानी दिनेलाई भोट

  • प्रकाशित मितिः कार्तिक ३०, २०७९
  • 985 पटक पढिएको
  • संवादताता

ममता राई–
लिच्किराम्चे (खोटेहाङ)– खोटेहाङ गाउ“पालिका–९ लिच्किराम्चेमा पानीको हरिभुक्त खेपिरहेकाहरुले खानेपानी दिनेलाई भोट दिने बताएका छन् । वडाभरिनै पानीको समस्या झेल्नु परेकाले पानीको समस्या समाधान गर्नेलाई भोग दिने योजना बनाइएको स्थानीयले बताएका हुन् ।
उक्त वडाको कालापानी भन्ने वस्तीमा २०७३/७३ मा संघीय सरकारको एक करोड ८० लाख रुपैया“को लागतमा पम्पिङ प्रविधिको खानेपानी सम्पन्न गरिए पनि विद्युत विल तिर्न नसकेकाले समस्या आएको हो । उक्त क्षेत्रमा खानेपानीका लागि प्रदेश १ खानीपानी, सिचाइ“ तथा उर्जामन्त्री रामकुमार राईले तीस लाख उपलब्ध गराएको स्थानीयको भनाई छ । ‘जसले पानी दिन्छ उसैलाई भोट दिन्छौं ।’–स्थानीयले भने ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“मा पनि पानीको सास्ती छ । उक्त वडाका विनोद राईका अनुसार पोकन्चेपा, निङ्लाम, झापा, पुखाङ, डुम्रे, रोबिल लगायतका दुई सय घरधुरीले पानीको समस्या झेलिरहेका हुन् । पानीकै लागि दिनभर समय खर्च गर्नु परेको राईको भनाई छ । उनीहरु घण्टौं लगाएर कुवाको पानी ल्याउ“ने परेको छ ।
पोकन्चेपाका स्थानीयले चिलिङ खोलाको बुवाबाट, झापाकाले पधेरी खोलाको कुवाबाट, निङलामकाले अ“धेरी खोलाको कुवाबाट र पुखाङ, डुम्रे, रोबिनका स्थानीयले कुवापानीबाट घण्टौं लगाएर पानी ओसार्नु परेका राईले सुनाए । उनका अनुसार विहान दुई बजेदेखि लाइन लागेर पानी ओसार्नु परेको छ । उक्त क्षेत्रमा पानी किन्नु परेको छ । ट्याक्टरबाट ल्याएको पानी प्रतिब्यारेल तीन सय रुपैया“मा किन्नु परेको राईको भनाई छ । ‘पैसा हुनेले पानी किनेर खान्छन् ।’ राईले भने–‘नहुनेले रातीदेखि लाइन लागेर पानी ओसार्नु पर्ने वाध्यता छ ।’
उक्त क्षेत्रमा मात्र होइन, हलेसी तुवाचुङ नगरपालिका क्षेत्रभरि नै पानीको समस्या कायमै छ । यसक्षेत्रमा पानी पु¥याउ“न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको करिब ९६ करोड ४५ लाख चार हजार एक सय ३८ रुपैया“को लागतमा सञ्चालन गरिएको योजना अझै पूरा हुन सकेको छैन ।
खानेपानी समस्या समाधान गर्छु भनेर नेताहरुले पञ्चायत कालदेखि नै आश्वासन दिने गरे पनि पूरा नभएको स्थानीयले बताएका छन् । स्थानीय तह बनेपछि समेत नेताहरुले आश्वासन दिएको तर पूरा नगरेको उनीहरुको भनाई छ । अघिल्लो स्थानीत तहको चुनावताका नगरप्रमुख इवन राईले पानी उपलब्ध गराउ“ने आश्वासन दिएको तर पा“च वर्षे कार्यकालमा समेत पूरा नगरेको उनीहरुको गुनासो छ । यो चोटीको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समेत पानी दिन्छु भन्नेहरु धेरै भएको तर आश्वासन पूरा गराउ“नेलाई भोट दिने योजना बनाएको स्थानीयको भनाई छ । यो क्षेत्रका लागि प्रदेश १ खानेपानी, सिचाइ तथा उर्जा मन्त्री मार्फत दश लाख विनियोजन भएको स्थानीयले बताए ।
pani-photo
उक्त क्षेत्रमा मात्र होइन, हलेसी तुवाचुङ नगरपालिका क्षेत्रभरि नै पानीको समस्या कायमै छ । यसक्षेत्रमा पानी पु¥याउ“न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको करिब ९६ करोड ४५ लाख चार हजार एक सय ३८ रुपैया“को लागतमा सञ्चालन गरिएको योजना अझै पूरा हुन सकेको छैन ।
खानेपानी समस्या समाधान गर्छु भनेर नेताहरुले पञ्चायत कालदेखि नै आश्वासन दिने गरे पनि पूरा नभएको स्थानीयले बताएका छन् । स्थानीय तह बनेपछि समेत नेताहरुले आश्वासन दिएको तर पूरा नगरेको उनीहरुको भनाई छ । अघिल्लो स्थानीत तहको चुनावताका नगरप्रमुख इवन राईले पानी उपलब्ध गराउ“ने आश्वासन दिएको तर पा“च वर्षे कार्यकालमा समेत पूरा नगरेको उनीहरुको गुनासो छ । यो चोटीको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समेत पानी दिन्छु भन्नेहरु धेरै भएको तर आश्वासन पूरा गराउ“नेलाई भोट दिने योजना बनाएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित