मुलुक बचाउ“न गठबन्धनले जित्नै पर्छ : नेता राजन राई

  • प्रकाशित मितिः कार्तिक २८, २०७९
  • 303 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २८–नेकपा एकीकृत समाजवादीका नेता राजन राईले मुलुक बचाउ“न गठबन्धनले जित्नै पर्ने बताएका छन् । कात्तिक २८ गते दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको पन्चमी बजारमा आयोजित चुनावी सभामा त्यसो भनेका हुन् ।

panchami 1
प्रदेश १ का सामाजिक विकास मन्त्री समेत रहेका राईले मुलुकको संकट समाधानका लागि गठबन्धन गरिएको र यसको पक्षमा उभार आएको बताएका छन् । जुन–जुन बेला मुलुक संकट परेको छ, त्यो बेला लोकतान्त्रिक वाम गठबन्धन भएको छ । विश्वेश्वरप्रसाद कोइरालाले २००७ सालमा १०४ वर्षको राणाशासनको विरुद्ध हतियार उठाएको प्रसंग उठाउ“दै कांग्रेस र कम्युनिष्ट मिलेर राणाशासन ढालेको उल्लेख गरे । यो चोटी पनि लोकतान्त्रिक वाम गठबन्धनको जित हुने राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित