निर्वाचन आचार संहिता उलङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

  • प्रकाशित मितिः कार्तिक 24, 2079
  • 1077 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २४–मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङमा निर्वाचन आचार संहिता विरुद्धसम्वन्धी उजुरी परेको छ । आचार संिहता विपरित चुनावी कार्यक्रम गरेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका वडाअध्यक्ष लीलाकुमार चौहान सहित दश जना विरुद्ध कारबाहीको माग गर्दै कात्तिक २३ गते उजुरी परेको हो ।
स्थानीय अन्तपूर्ण मावि बन्द गराएर शिक्षक र विद्यार्थीहरुलाई सहभागी गराएर उक्त वडा कार्यालयको प्राङ्गढमा एमालेको चुनावी कार्यक्रम गरेको भन्दै वडाअध्यक्ष चौहान सहित वडा सदस्यहरु पदमकुमारी राई, हरिकुमार खत्री, फडिन्द्र श्रेष्ठ, लक्ष्मी विश्वकर्मा, अन्नपूर्ण माविका प्रअ रेखादेवी बस्नेत, शिक्षकहरु गोपाल राउल, रामकुमारी राई, श्यामकुमार फुयाल र सहरी स्वास्थ्य केन्दका अहेव सुशिला देउजा विरुद्ध कारबाहीको माग गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ का जमानशेर राईले दिएका हुन् ।
एमालेले कात्तिक १८ गते देउसी कार्यक्रम भनेर प्रदेशसभा खोटाङ २ का उम्मेद्वार रामप्रसाद दङ्गाल, एमाले केन्द्रीय सदस्य उषाकला राई, जिल्ला कमिटी सहसचिव दीपनारायण रिजाल लगायतको उपस्थितिमा चुनावी सभा गरेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित