काम नगर्ने ठेकेदारलाई कारबाही गर्न सांसदको माग

  • प्रकाशित मितिः मंसिर १८, २०७५
  • 1192 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, मङ्सिर १८–प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले साप्सु खेला र सुनकोसीमा निर्माणाधीन पक्की पुलको काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्न गृहमन्त्री समक्ष माग गरेका छन् ।  सदस्य भट्टराईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउ“पालिका–५ मात्तिम जोड्ने साप्सु खोलामा निर्माणाधीन पक्की पुलको जिम्मा लिने ठेकेदार कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभी र खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारको पुल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीलाई कालोसूचीमा राखेर कानूनी कारबाही गर्न सोमबार गृहमन्त्री रामबहादुर थापा समक्ष माग गरेका हुन् ।
म्याद गुज्रेको लामो समय बित्दा समेत दुई वटा पुल निर्माणको काम अलपत्र परेकाले ठेकेदारमाथि कारबाही माग गर्नु परेको सदस्य भट्टराईले बताए । पुल निर्माणको काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही गर्नका लागि भट्टराईले गृहमन्त्रीलाई दिएको निवेदन जिल्ला प्रशासन कार्यालय खोटाङ, जिल्ला समन्वय समिति, सार्वजनिक खरिद अनुगमन कार्यालय र सडक विभाग पुल महाशाखालाई बोधार्थ पठाएका छन् ।
म्याद नाघेको १३ महिना बित्दा समेत साप्सु खोलाको पुल निर्माणको पिल्लर समेत निर्माण गरिएको छैन । यस्तै खोटेहाङ गाउ“पालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउ“पालिकाको आँपटार जोड्ने सुनकासीको सडक पुल पनि धिमागतिमा छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित