नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २१–दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६३ जनाले कांग्रेस छाडेर एमाले प्रवेश गरेका छन् । उक्त गाउँपालिकाको वडा नं–४ बतासेका वडा सभापति, विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमालेमा प्रवेश गरेका हुन् ।
कात्तिक २१ गते बतासेमा भएको चुनावीसभामा एमाले प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा तिलककुमार राई, प्रेम राई, नारायण राई ,सुरेन्द्र भुजेल, महेश्वर राई, सुनिल राई, म्यानबहादुर भुजेल, ओम राई, राजकुमार राई, रिजित राई, किरण राई लगायत ६३ जनाले प्रवेश गरेका हुन् ।
राजकुमार राई र संगीता राईले विज्ञप्ती जारी गरी आफ्नो इच्छा विपरित प्रवेश गर्नेमा नाम उल्लेख गरेको भन्दै त्यसको विरोध जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित