दिप्रुङ चुइचुम्मामा कांग्रेस छाडेर एमालेमा प्रवेश

  • प्रकाशित मितिः कार्तिक २१, २०७९
  • 337 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २१–दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६३ जनाले कांग्रेस छाडेर एमाले प्रवेश गरेका छन् । उक्त गाउँपालिकाको वडा नं–४ बतासेका वडा सभापति, विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमालेमा प्रवेश गरेका हुन् ।
कात्तिक २१ गते बतासेमा भएको चुनावीसभामा एमाले प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा तिलककुमार राई, प्रेम राई, नारायण राई ,सुरेन्द्र भुजेल, महेश्वर राई, सुनिल राई, म्यानबहादुर भुजेल, ओम राई, राजकुमार राई, रिजित राई, किरण राई लगायत ६३ जनाले प्रवेश गरेका हुन् ।
राजकुमार राई र संगीता राईले विज्ञप्ती जारी गरी आफ्नो इच्छा विपरित प्रवेश गर्नेमा नाम उल्लेख गरेको भन्दै त्यसको विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित