एमाले छाडेर ४७ जनाले एकीकृत समाजवादी प्रवेश गरे

  • प्रकाशित मितिः कार्तिक २१, २०७९
  • 394 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २१–केपिलासगढीमा एमाले छाडेर ४७ जनाले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । कात्तिक २१ गते बाक्सिला बजारमा आयोजित कार्यक्रममा प्रवेश गरेका हुन् ।
केपिलासगढी गाउ“पालिका–५ सप्तेश्वरका एमाले वडा अध्यक्ष देवान राई लगायत सप्तेश्वर, फेदी, खाम्तम्छाका ४७ जनाले प्रवेश गरेका हुन् । नवप्रवेशीलाई नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य राजन राई, केन्द्रीय सदस्य तथा पूर्व सांसद कुलप्रसाद फुयाल, केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य खोटाङ १ का उम्मेद्वार वीरबलकाजी राई, बबि चाम्लिङ लगायतले स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित