सडक निर्माण अलपत्र पार्ने निर्माण कम्पनीको एक्साभेटर र ब्याक लोडर नगरपालिकाले नियन्त्रण ग¥यो

  • प्रकाशित मितिः कार्तिक २०, २०७९
  • 815 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २०–दिक्तेलदेखि खोटाङ बजारसम्मको सडक निर्माणको ठेक्का लिएर अलपत्र पार्ने निर्माण कम्पनीको एक्साभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कात्तिक २० गते नियन्त्रणमा लिएको छ । ढुकुछु–बगाले बि.एन.टी निर्माण कम्पनीको फिल्डमा राखिएको एक्साभेटर र ब्याक लोडर नियन्त्रणमा लिएको हो ।

2
उक्त एक्साभेटर र ब्याकलोडरमा नगरपालिकाका प्रवक्ता तथा वडा नं ५ लफ्याङका वडा अध्यक्ष दिनेश घिमिरे र वडा नं १ का वडाअध्यक्ष नवराज राईले ताला लगाएका हुन् । दिक्तेल हस्पिटलचौकदेखि लफ्याङको दुबेचिवासम्मको प्याकेजमा ठेक्का लिएको निर्माण कम्पनीले काम गर्दा गर्दै छाडेको थियो । पा“च करोड छ लाख ५५ हजार पा“च सय ९६ रुपैया“को लागतमा २०७९ पुस २० गतेभित्र सक्ने गरी उक्त निर्माण कम्पनीले २०७८ जेठ २० गते संझौता गरेको थियो । तर कामै नसकी फिल्ड छाडेर गएपछि सडक निर्माण अलपत्र परेकाले एक्साभेटर र ब्याक लोडर नियन्त्रण लिइएको प्रवक्ता घिमिरेले बताए ।

5
एक्साभेटर र ब्याकलोडरमा साङ्ली लगाएर चाबी हालिएको छ । निर्माण कम्पनी भागेकाले वार्ता गर्न सहज होस् भनेर नियन्त्रण लिएको घिमिरेको भनाई छ । सडक निर्माण अलपत्र छाडेर गएपछि निर्माण कम्पनीसंग सम्बद्धको खोजी गर्न र आवश्यक कारबाहीको प्रक्रिया बढाउ“न नगरप्रमुख तीर्थराज भट्टराई असोज २८ गते संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तरगत सडक डिभिजन हर्कपुर पुगेका थिए । त्यसपछि पनि कात्तिक ३ गते सम्वन्धित निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पत्रचार गरेको थियो । निर्माणमा संलग्न संजीव गुरुङले भने केही दिनमा काम सुरु गर्ने बताउ“दै आएका छन् ।

4

उक्त सडक अन्तरगत दुबेचिवा–साप्सुखोला प्याकेजको काम भने खर्चरै सुरु भएको छ । दुई करोड ९६ लाख ३७ हजार पा“च सय ८६ रुपैया“को लागतमा २०७९ माघ १५ गतेभित्र सक्ने गरी सगरमाथा सजिव आर एन जेवीले २०७८ चैत २८ गते संझौता गरेको थियो । म्याद सकिनुभन्दा दुई महिनाअघिनै सक्ने गरी काम भइरहेको निर्माणमा संलग्न कृष्ण घिमिरेले बताए । सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख इन्जिनियर अरुणदेवलाल कर्णले काम सुचारु गराउ“नका लागि ताकेता भइरहेको बताएका छन् ।
यसबाहेक भुते चिरोप्वइन्ट आयुर्वेद सडक स्तरोन्नति र हाटडाडा“–काफ्लेगाउ“–घुम्तिबर सडक स्तरोन्नति अलपत्र पार्ने लगलगे कन्ट्रक्सन चाबहिल, अल्छेढुङ्गा–नेर्पा–दोर्पा सडक स्तरोन्नति अलपत्र पार्ने उत्सव निर्माण सेवालाई काम गराउ“नु पर्ने भन्दै सघन शहरी तथा भवन निर्माण अयोजना ओखलढुङ्गालाई पत्राचार गरेको भट्टराईले बताए ।

7
मध्यपहाडी लोकमार्गमा पर्ने छेपेखोला पुलको जिम्मा लिने सगरमाथा–सजिव–आर.एन जेभी पङ्खुखोला पुलको साप–सिरुवा जेभी र भालुखोला, मेवाखोला पुलसंग सम्बद्ध के.एम. इन्जिनियर विल्डर्सलाई ताकेता गर्न पुष्पलाल राजमार्ग योजना धुलिखेललाई पत्राचार गरिएको भट्टराईले सुनाए ।
प्रदेश १ सरकारको १२ करोड ७२ लाख ९२ हजार चार सय ३७ रुपैया“को लागतमा निर्माणाधीन हुर्लुङ–जालपा सडक पनि अलपत्रै छ । ४ महिनामा सक्ने गरी २०७८ भदौ ३१ गते रौताहा–सुसन आदित्य जेवी निर्माण कम्पनीलेसंझौता भएको थियो ।
दिक्तेल अल्छेढुङ्गा–नेर्पा–दुम्ली सडक स्तरोन्नति पनि निर्माण पनि अपूरै छ । ७७ लाख १६ हजार चार सय ४८ रुपैया“को स्टीमेटमध्ये ४५ लाख १३ हजार नौ सय ६५ रुपैया“को लागतमा गत असार १६ गते सक्ने गरी २०७८ फागुन २६ गते उत्सव निर्माण सेवा प्रालि पा“चथरले संझौता गरेको थियो । म्याद सकिदा समेत काम भने ४० प्रतिशत मात्र सकिएको छ ।

6
लगलगे कन्ट्रक्सनले नै ठेक्का लिएको दिक्तेल हाटडाडा“–काफ्लेगाउ“ सडक पनि अलपत्रै छ । ८५ लाख नौ हजार ९४० रुपैया“को योजना स्टीमेटमध्ये ४६ लाख २२ हजार रुपैया“को लागतमा २०७८ असारमा सक्ने गरी लगलगे कन्ट्रक्सन चाबहिल काठमाडौंले २०७८ माघ २० गते संझौता गरेको थियो । नगरक्षेत्रभित्र ठेक्का लिएर काम नगर्ने अनि पटक–पटक म्याद थप गर्ने निर्माण कम्पनीहरुलाई कारबाहीको दायरामा ल्याउ“ने नगरप्रमुख भट्टराईले बताए ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजारको लागतमा निर्माण थालिएको दिक्तेल–खानीडाडा“–आहाले सडक पनि अपूरै छ । २०७६ चैत ७ गतेसम्म काम सक्ने गरी याक्थुङहाङ–साप–सिरुवा जेभी निर्माण कम्पनीले २०७५ असोज १ गते संझौता गरेको थियो । अहिलेसम्म करिब ७५ प्रतिशत मात्र काम सकिएको निर्माणमा संलग्न खगेन्द्र राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित