हलेसीमा आ“खा शिविर

  • प्रकाशित मितिः कार्तिक २०, २०७९
  • 737 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, कात्तिक २०–हलेसी तुवाचुङ नगरपालिकाको हलेसी महादेवस्थानमा कात्तिक १९ गतेदेखि आ“खा शिविर सुरु भएको छ । हलेसी तुवाचुङ नगरपािलका, नेपाल नेत्र ज्योति संघ खोटाङ, आ“खा तथा कान उपचार केन्द्र हलेसी र आ“खा तथा कान उपचार केन्द्र सहयोग समितिको संयुक्त आयोजनामा शिविर सुरु गरिएको हो ।
सगरमाथा चौधरी आ“खा अस्पताल लाहानको प्राविधिक सहयोगमा आयोजना गरिएको शिबिर हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राई र उपप्रमुख रमेश राउतले उद्घाटन गरेका हुन् । शिविरमा मोतिविन्दु भएका, आ“खामा मासु पलाएका, मासुले डल्लो पलाएको , परेलाभित्र पसेको लगायतका समस्या झेलिरहेकाहरुलाई लक्षित गरेर निःशुल्क रुपमा शिबिर आयोजना गरिएको आयोजकले जनाएको छ । शिबिरमा आ“खा जा“चदेखि मोतिविन्दु भएका बिरामीको पहिचान गर्दै शल्यक्रिया गर्ने र निःशुल्क औषधि वितरणको व्यवस्था मिलाइएको आ“खा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठको बताए ।
शिबिरको पहिलो दिन एक बालक सहित १७ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ । पा“च जनाको आ“खामा पलाएको मासुलाई शल्यक्रिया गरेर हटाइएको छ । पहिलो दिन दुई सय ७८ जनाले आ“खा जा“च तथा औषधि र चश्मा लिएका छन् । चश्मा सुपथ मुल्यमा उपल्व्ध गराउने व्यवस्था मिलाइएको कसजुले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित