चुनावी माहौल बढ्यो

  • प्रकाशित मितिः कार्तिक १९, २०७९
  • 827 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १९–जिल्लामा चुनावी माहौल बढेको छ । वाम–लोकतान्त्रिक गठबन्धन र एमाले लगायतले चुनावी माहौल तताएको हो ।
वाम–गठबन्धनले एमाले नेता तथा प्रतिनिधिसभा उम्मेद्वार विशाल भट्टराईको गृह पालिकाबाट चुनावीसभा सुरु गरेको छ । कात्तिक १८ गतेबाट सुरु चुनावीसभा कात्तिक १९ गते साकेला गाउ“पालिकाको मानेभन्ज्याङमा भएको छ । गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् । नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राई, कांग्रेस नेता तथा पूर्व पर्यटन मन्त्री सर्वधन राई, कांग्रेस केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेद्वार सरस्वती बजिमय, नेकपा माओवादी केन्द्र पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा उम्मेद्वार रामकुमार राई, माओवादी पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज समिता कार्की सहभागी छन् ।
त्यस्तै पूर्व सांसद तथा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य कुलप्रसाद फुयाल, कांग्रेस प्रदेश १ महामन्त्री तथा खोटाङ २ का उम्मेद्वार भूपेन्द्र राई, युवा नेता जितेन्द्रसिं ठकुरी, कांग्रेस महाधिवेशन प्रतिनिधि तथा पूर्व सभापति नरेशकुमार श्रेष्ठ सहभागी छन् । त्यसैगरी कांग्रेस जिल्ला उपसभापति इवन राई, इच्छु राना, युवा नेता वीरकाजी राई, दिनेश राई लगायतका नेता चुनावी अभियानमा होमिएका छन् ।
एमालेले खानीडाडा“बाट सुरु चुनावी कार्यक्रम कात्तिक १९ गते ऐसेलुखर्कमा गरेको छ । ऐसेलुखर्कमा भएको कार्यक्रममा प्रमुख सचेतक तथा प्रतिनिधिसभा उम्मेद्वार विशाल भट्टराई, खोटाङ १ का उम्मेद्वार पा“चकर्ण राई, केन्द्रीय सदस्यहरु खगेन्द्र राई, रमेश पौडेल, समानुपातिक उम्मेद्वार चर्चबहादुर विश्वकर्मा, देवान राई, देवविक्रम राई, कुमार आचार्य, विणादेवी राई, लिलानाथ निरौला लगायतका नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित