नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १९–दिक्तेलका दलित समुदायले गठबन्धनलाई भोट दिने निर्णय गरेका छन् । दिक्तेलको रुपाकोट होटलमा कात्तिक १९ गते नेपाल दलित मुक्ति मोर्चाले आयोजना गरेको भेलाले त्यस्तो निर्णय गरेको हो ।
दलित समुदायको अधिकार सुनिश्चित गर्न गठबन्धनलाई भोट दिने निर्णय गरिएको मोर्चाका सदस्य गंगाबहादुर विश्वकर्माले बताए । कांग्रेस महाधिवेशन प्रतिनिधि फडिन्द्र विश्वकर्मा, नेपाल दलित मुक्ति मोर्चाका सदस्य राम हिङ्माङ, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष झुलेन्द्र विश्वकर्मा, खोटाङ उद्योग वाणिज्य संघका सचिव टुङ्गबहादुर कालिकोटे लगायतले गठबन्धनलाई भोट दिनु पर्ने बताए ।
गणतन्त्र, संघीयता, समावेशी लगायतका एजेण्डालाई सही रुपमा कार्यान्वयन गर्न गठबन्धनलाई भोट दिने निर्णय गरिएको विश्वकर्माले बताए । माओवादी केन्द्रले रस्मी रसाइलीलाई समानुपातिक उम्मेद्वार बनाएकाले उनलाई भोट दिने निर्णय समेत गरिएको विश्वकर्माले सुनाए । मोर्चाका अध्यक्ष पर्शुराम विश्वकर्माको अध्यक्षमा भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित