‘जसले जनताले दिएको अधिकार सुरक्षा गर्न सक्दैन, उसले भोट माग्ने अधिकार छैन’ : टंक राई

  • प्रकाशित मितिः कार्तिक १८, २०७९
  • 663 पटक पढिएको
  • संवादताता

दिनेश राई–
खोटेहाङ, कात्तिक १८–नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईले वर्तमान व्यवस्था खारेजको प्रयास गर्ने प्रतिगामीलाई परास्त नगरे देश विकास नहुने बताएका छन् । कात्तिक १८ गते खोटाङ बजारमा वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै राईले दुई चोटी संसद विघटन गर्ने एमाले राजा चाहने शक्तिसंग मिलेर चुनावमा उठेकाले परास्त नगरी नहुने बताएका हुन् ।

tanka
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लगायतका सुन्दर व्यवस्थालाई समाप्त पार्ने गरी प्रतिगामी लागेकाले त्यसको विरुद्धमा बनेको गठबन्धन भएकाले यो शक्तिलाई जिताउ“नु पर्ने राईले बताए । ‘दुई तिहाइको सरकार भएको बेला एक संघीय सरकार र छ वटा प्रदेश सरकार ध्वस्त पारेर पार्टीलाई समेत दुई चिरा पार्नेलाई भोट कसले दिन्छ ?’ एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै राईले भने–‘जसले जनताले दिएको अधिकार सुरक्षा गर्न सक्दैन, उसलाई भोट माग्ने अधिकार छैन ।’

sarbadhan 1

कांग्रेस नेता तथा पूर्व पर्यटन राज्य मन्त्री सर्वधन राईले वर्तमान व्यवस्थाको खिलापमा एमाले लागेकाले उसलाई जिताउन नहुने बताए । ‘नेपाली जनताले आन्दोलन गरेर, संघर्ष गरेर आफ्नो ज्यानको आहुति समेत दिएर प्राप्त गरेको व्यवस्था माथि धज्जी उडायो ।’ राईले भने–‘यही प्रतिगामी शक्तिलाई एक भएर परास्त गर्नु पर्छ ।’
एमालेको एकलौटी सरकार हुदा लोकतन्त्रको धज्जी उडाउ“दै संसद विघटन गर्ने, लोकतान्त्रिक शक्तिलाई सिध्याउ“ने खेल खेलेकाले त्यस्तो शक्तिलाई हराउन वाम–लोकतान्त्रिक गठबन्धनलाई जिताउनु पर्ने नेता राईले धारणा राखे ।

pasang
नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वार रामकुमार राईले वाम–लोकतान्त्रिक गठबन्धनलाई नजिताई जिल्लाको विकास नहुने बताएका छन् । प्रदेश १ खानेपानी, सिचाइ“ तथा उर्जा मन्त्री समेत रहेका राईले जिल्लाको विकास, समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई जिताउ“नु पर्ने रँईको भनाई थियो । वाम–गठबन्धनलाई नजिताए दुई–दुई चोटी संसद विघटन गर्ने प्रतिगामीको जित हुने र त्यसले मुलुक फेरि पछाडि धकेलिने राईले दाबी गरे । राईले वर्तमान निर्वाचन प्रणालीले पनि देशको विकास नहुने भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था नगरी नहुने बताए ।
गणतन्त्र, संघीयता, समावेसी लगायतका मुलुक परिवर्तन गर्ने व्यवस्थाको संवाहक माओवादी हुनुका साथै मुलुकको लोकतान्त्रिक शक्ति कांग्रेस समेतको गठबन्धन भएकाले जिताउ“नु पर्ने राईको उद्घोष थियो । कृषिलाई व्यवसायीकरण, व्यवहारिक र सीपमुलक शिक्षा, विकास र समृद्धि जनताको घर–घरमा, सबै पालिकाको केन्द्रमा पिच सडक, जिल्ला र सबै पालिकामा सुविधा सम्पन्न अस्पताल, पर्यटन विकास, भ्रष्टाचार अन्त्य, गैंङ्गिक तथा सबैखाले विभेद अन्त्य लगायतका एजेण्डा अघि बढाइएको राईले सुनाए ।

bhupendra
वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य खोटाङ २ मा उम्मेद्वारी दिएका कांग्रेस युवा नेता भूपेन्द्र राईले विकास, समृद्धि, स्वास्थ्य, शिक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउ“नु पर्ने बताए । कालापानीमा लिफ्टिङ प्रविधिको खानेपानी, सडक, दक्षिणी क्षेत्रलाई जोड्ने सडक अन्तरगत साप्सुखोलामा मोटरेबल पुल, कोभिडमा विरामीलाई घरघरबाटै उद्धार लगायतका काम गर्नेलाई भोट दिएर जिताउ“न आग्रह गरे ।
त्यस्तै विकास र समृद्धिकै लागि प्रतिनिधिसभामा माओवादीका पोलिट्ब्युरो सदस्य रामकमार राईलाई मत दिएर जिताउ“नु पर्ने राईले सुझाए । यो चोटी हसिया हथौडा, रुख र कलममा भोट दिए मात्र जनताको जित हुने राईको भनाई थियो । प्रतिगामी शक्ति भ्रमको खेती गरेर जनतालाई झुक्याउ“ने भएकाले सचेत रहनु पर्ने राईले बताए ।

saraswoti 1

asmita kp

naresh

कार्यक्रममा कांग्रेसको तर्फबाट समानुपातिक उम्मेद्वार तथा केन्द्रीय सदस्य सरस्वती बजिमय, माओवादी पोलिट्ब्युरो सदस्य तथा जिल्ला इन्चार्ज समिता कार्की, नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद कुलप्रसाद फुयाल, कांग्रेस पूर्व सभापति नरेशकुमार श्रेष्ठ लगायत नेताहरुले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित