एमाले र जनता समाजवादीबाट ४४ नेता कार्यकर्ता माओवादीमा प्रवेश

  • प्रकाशित मितिः कार्तिक १७, २०७९
  • 1129 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १७–नेकपा एमाले र जनता समाजवादी पार्टीका विभिन्न पदमा रहेका ४४ जना नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटी सदस्य जयप्रसाद आचार्य लगायत सात जना र जनता समाजवादी पार्टीका जिल्ला प्रचार विभाग प्रमुख रविन खम्बु लगायत ३८ जना नेता कार्यकर्ता कात्तिक १७ गते प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ एमाले वडा कमिटी अध्यक्ष रविन्द्र राई, वडा कमिटी सदस्यहरु जीतबहादुर राई, दीपेन्द्र राई, नवराज भुजेल र एमाले समर्थक मणिराज राई प्रवेश गरेका हुन् ।

jp
जनता समाजवादीबाट प्रवेश गर्नेमा समाजवादी विद्यार्थी केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश १ का अध्यक्ष समेत रहेका खम्बु लगायत समाजवादी युवा संघ जिल्ला अध्यक्ष गजेन्द्र राई, जिल्ला सचिवालय सदस्यहरु पृथ्वीकुमार राई, मेघराज राई प्रवेश गरेका हुन् ।
त्यस्तै गजेन्द्र खालिङ, सौराज राई, प्रज्वल राई, सरजित तामाङ, गोविन्द राई, रोसन राई, पूर्ण मगर, रामकाजी राई, धीरेन राई, ङमेश राई, राजेन्द्र तामाङ, नविन तामाङ, बालकुमार राई, रोशन राई, सुरेन्द्र राई, सुरज राई, नन्दराज राई, मणिकला राईले प्रवेश गरेका हुन् ।
यसैगरी धनप्रसाद राई, चन्द्र राई, राजबोल राई, शुक्रराज राई, सार्जन राई, विवश राई, रेवत राई, सम्झना राई, उत्तम राई, अनुराग राई, मन्तोष राई, पुष्पमणि राई, स्मृत राई, मदन राई, नया“वर्ण राई र अदिमशेर राई प्रवेश गरेका हुन् ।

Rabin
नव प्रवेशीलाई माओवादी पोलिटब्युरो सदस्य तथा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार रामकुमार राई र पोलिट्ब्युरो सदस्य तथा माओवादी जिल्ला इन्चार्ज समिता कार्की लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित