एमाले नेता विशाल भट्टराईको पालिकामा कसिलो गठबन्धन

  • प्रकाशित मितिः कार्तिक ६, २०७९
  • 803 पटक पढिएको
  • संवादताता

दिनेश राई–
खोटेहाङ (खोटाङ), कात्तिक ६–एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृह पालिकामा गठबन्धन कसिलो देखिएको छ । गठबन्धनलाई अत्याधिक मत खसाल्ने गरी गठबन्धनले गतिविधि तिब्र पारेको हो ।
गठबन्धनले उक्त पालिकाका अधिकांश वडाहरुमा बैठक तथा प्रशिक्षण सम्पन्न गरिसकेको खोटेहाङ गाउ“पालिकाका कांग्रेस सचिव लोकराज ढकालले बताए । ‘खोटेहाङमा गठबन्धन एक ढिक्का छौं ।’ ढकालले भने–‘त्यसैले यो पालिकामा पहिलो मत खसाल्छौं ।’
स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनले नै जितेको थियो । त्यसैले पनि यो पालिकामा पहिलो मत भएको गठबन्धनको दाबी छ । गठबन्धनलाई अत्याधिक मत खसाल्ने गरी योजना बनाएर लागेको ढकालको भनाई छ ।
चुनावी प्रचार–प्रसारको अवधि आउ“न बा“की रहदै गठबन्धन र एमालेले गतिविधि भने तिब्र पारेको छ । वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएका माओवादी केन्द्रका रामकुमार राई पनि घरदैलो, भेटघाट, प्रशिक्षणमा सहभागी छन् । खोटाङ (१) को दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउ“पालिका खोटाङ (ख) को दिप्रुङ चुइचुम्मा र साकेला गाउ“पालिकामा घरदैलो, भेटघाट, बैठक तथा प्रशिक्षण गरिसकेका छन् ।
वाम–गठबन्धनकै तर्फबाट खोटाङ (१) मा उम्मेद्वारी दिएका नेकपा एकीकृत समाजवादी केन्द्रका वीरबलकाजी राई पनि चुनावी भेटघाटमा व्यस्त छन् । उनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी र रावाबेसी गाउ“पालिकामा केन्द्रित छन् । खोटाङ (ख) मा एमालेबाट उम्मेद्वारी दिएका रामप्रसाद दङ्गाल र वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका भूपेन्द्र राई पनि चुनावी माहौल तताउ“दै छन् ।
एमाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वार बनेका विशाल भट्टराई खोटाङ (१) केन्द्रित छन् । हलेसी तुवाचुङ नगरपालिका, रावाबेसी, ऐसेलुखर्क, केपिलासगढी गाउ“पालिकामा घर–दैलो, प्रशिक्षण, भेटघाटमा व्यस्त छन् । उनको साथमा प्रदेश (१) का उम्मेद्वार पा“चकर्ण राई पनि छन् ।
एमालेले खोटाङ (१) को ऐसेलुखर्क गाउ“पालिका, रावाबेसी गाउ“पालिका खोटाङ (२) को दिप्रुङ चुइचुम्मा, जन्तुढुङ्गा र बराहापोखरी गाउ“पालिकामा राम्रो मत ल्याउ“ने जिल्ला सचिव कुमार आचार्यले बताए ।
एमालेले स्थानीय तहको निर्वाचनमा ऐसेलुखर्कको अध्यक्ष, रावाबेसी गाउ“पालिकाको उपाध्यक्ष र दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको थियो । त्यसको आधारमा पनि पहिलो मत आउ“ने आचार्यले सुनाए ।
वाम–लोकतान्त्रिक गठबन्धनले जित सुनिश्चित हुने आ“कलन गरेको छ । खोटाङ (१) मा कांग्रेसले बागी उठाए पनि कांग्रेसी मतदाताहरु गठबन्धनकै पक्षमा देखिएको छ । खोटाङ (१) का अधिकांश स्थानीय तहमा पहिलो मत आउ“ने गठबन्धनको आ“कलन छन् ।
खोटाङ (१) अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी चुवाचुङ नगरपालिका, केपिलासगढी गाउ“पालिकाको प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष पदमा गठबन्धनको जित भएको थियो । यसबाहेक रावाबेसी गाउ“पालिका अध्यक्षमा पनि गठबन्धनकै उम्मेद्वारले जितेको थियो । खोटाङ (२) मा साकेला, खोटेहाङ, जन्तेढुङ्गा र बराहापोखरीको अध्यक्ष÷उपाध्यक्षमा वाम–लोकतान्त्रिक गठबन्धनकै उम्मेद्वार विजयी भएका थिए । यसका आधारमा पनि गठबन्धनले चुनाव जित्ने गठबन्धनको दाबी छ । एमालेले स्थानीय तह जितेकै पालिका दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा पनि गठबन्धनकै पहिलो मत खस्ने गठबन्धनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित